कोरोनाबाट मृत्यु भएकाको परिवारका ५ सहित विराटनगरमा ९ संक्रमित थपिए

विराटनगर । विराटनगर महानगरपालिकाभित्र सोमबार थपिएका ९ जना संक्रमित देखिएकोमध्ये ५ जना विराटनगर ९ गुद्रीका रहेको पाइएको छ ।

कोरोना संक्रमितको संख्या धमाधम बढेपछि शुक्रबार रातिदेखि शिल गरिएको गुद्री क्षेत्रकै थप ५ जनामा कोरोना पुष्टि भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

विराटनगर–९ गुद्रीका वडाअध्यक्ष विश्वनाथ भगतका संक्रमितहरू केही दिन अगाडि विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका पुरूषका आफन्त हुन् । ४०, ४२, २६, १८ र २७ वर्षका उनीहरु सबै पुरुष हुन् । यो सँगै गुद्री क्षेत्र समेटिएको विराटनगर ९ मा संक्रमितको संख्या ४७ पुगेको छ ।

गुद्रीका २ जनाको कोरोनाबाट मृत्यु भएको छ । समुदायमै कोरोना भाइरस फैलिएपछि रोकथाम र नियन्त्रण गर्न सो क्षेत्रमा मोरङ प्रशासनले ७२ घण्टाको लागि शिल गरेको छ ।

सोमबार देखिएका विराटनगरका अन्य संक्रमित विराटनगर ३ का २२ वर्षीय एक महिला र ३१ वर्षीय एक पुरूष छन् । यस्तै विराटनगर ५ का ५७ वर्षीय पुरूष र विराटनगर ७ का १८ वर्षीय पुरूषमा संक्रमण पुष्टि भएको छ । विराटनगरमा सोमबार ९ जना थपिएसँगै संक्रमितको संख्या विराटनगरमा २ सय ९० पुगेको छ । मृत्युको संख्या चार छ ।

सोमबार, २६ साउन, २०७७, दिउँसोको ०४:१२ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर