विराटनगर । विराटनगरमा शुक्रबार पुष्टि भएका ३२ संक्रमितमध्ये विराटनगर २ नम्बर वडाका सबैभन्दा धेरै रहेको पाइएको छ ।
सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितमध्ये विराटनगर २ का ५ जना छन् । यसैगरी विराटनगरस्थित न्यूरो हस्पिटलका थप २ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।
न्युरो अस्पतलाको प्रशासनतर्फका एक जना पुरूष र सरसफाइ गर्ने एक जना महिलामा कोरोना संक्रमण देखिएको हो । यस्तै मोरङ सहकारी अस्पतलामा १ जना पुरूषमा संक्रमण देखिएको छ । बिहीबार मोरङ सहरीमा एक जना चिकित्सकसहित ५ जना संक्रमण पुष्टि भएको थियो ।
शुक्रबार आएको रिपोट अनुसार विराटनगर ३ मा ४ जना, विराटनगर ४ मा १ जना, विराटनगर ५ मा ३ जना, विराटनगर ६ मा १ जना, विराटनगर ७ मा १ जना, विराटनगर ९ मा ४ जना, विराटनगर १० मा १ जना, विराटनगर ११ मा १ जना, विराटनगर १३ मा १ जना, विराटनगर १४ मा १ जना र विराटनगर १५ मा १ जना छन् । बाँकी संक्रमितको स्वाब संकलन गर्दा विराटनगर मात्र ठेगना उल्लेख भएकोले उनीहरुको वडा खुलेको छैन ।
उता मोरङको रंगेलीमा शुक्रबार २९ जनामा कारोना देखिएकोमा ७ नम्बर वडाका २३ जना छन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार रंगेलीमा ७ मा १७ पुरुष र ६ महिलामा संक्रमण देखिएको छ । यस्तै रंगेली ६ मा ३ जना, ४ मा २ पुरूष र ५ मा १ जना पुरूषलाई संक्रमण देखिएको छ ।