विराटनगर । समुदायमा कोरोना भाईरसको संक्रमण फैलिएको बिराटनगरमा थप १३ जनामा नयाँ संक्रमित भेटिएका छन् ।
कोशी अस्पतालको प्रयोगशालमा स्वाब परीक्षण गराउँदा बुधबार राती उनिहरुको रिपोर्ट पोजेटिभ आएको महानगरपालिकाले जनाएको छ ।
नयाँ संक्रमित विराटनगर–२, ६, ७, ८, १०, ११, र १३ नम्बर वडाका रहेको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । संक्ररमितहरु ८ पुरुष र ५ महिला छन । योसगै बिराटनगरमा कोरोना संक्रमितको संख्या १८२ पुगेको छ ।
बिराटनगरमा २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु बिराटनगर ५ र ९ नम्बर वडाका पुरुष हुन ।