बैंकभित्रै कर्मचारीले विषादी सेवन गरेपछि मृत्यु

विराटनगर । विराटनगर ७ मा रहेको सनराइज बैंकको शाखा कार्यालयमा कार्यरत एक महिलाले बुधबार आत्महत्या गरेकी छन् ।

विराटनगर महानगरपालिका ८ घर भएकी बैंकको कर्जा शाखामा कार्यरत ३० वर्षीय सनाज खतिवडाले मुसा मार्ने बिष सेवन गरि आत्महत्या गरेकी हुन् ।

‘लुवान’ नामक विषाधी औषधी सेवन गरेको अवस्थामा उनलाई फेला पारिएपछि विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको लागि लगिएको थियो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार बिषादी सेवन गरेपछि बेहोस भएकी खतिवडालाई बैंकका कर्मचारीहरूले अस्पताल पु¥याएका थिए ।

प्रहरीले घटनास्थलबाट लुवान नामक विषादी र ब्लेड पनि बरामद गरेको छ । वडा प्रहरी कार्यालय विराटनगरका ‘क’ का डिएसपी बेदप्रसाद गौतमलका अनुसार बैंकको सिसी टिभी फूटेज झिकेर घटनाको अनुसन्धान सुरू गरिएको छ । घटनास्थलमा बरामद गरेको विषाधी हेर्दा उनले आत्महत्या गरेको देखिएको उहाँको भनाइ छ ।

मृतकको शव पोष्टमार्टमको लागि विराटनगरस्थित कोशी अस्पतालमा लगिएको छ । पोष्मार्टम रिपोर्टपछि उनको मृत्युबारे भन्न सकिने प्रहरीले जनाएको छ । मृतकको हात पनि ब्लेडले काटिएको अवस्थामा भेटिएको छ ।

बुधबार, २१ साउन, २०७७, दिउँसोको ०३:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर