विराटनगर । झापा र मोरङमा २ जना मृत भेटिएका छन् ।
मोरङको विराटनगर महानगरपालिका – ११ बसपार्कस्थित सार्वजनिक शौचालयको छेउमा एक महिला सोमबार मृत फेला परेकी प्रहरीले जनाएको छ ।
यस्तै, झापाको अर्जुनधारा नगरपालिका– १ हलुवागढ सामुदायिक वनमा सोमबार नै महिलाको शव भेटिएको हो ।
हालसम्म उनीहरू दुवै जनाको नाम, थर, वतन खुलेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।