दुर्गा प्रसाईंले काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी इटहरीमा भेटियो

विराटनगर । दुर्गा प्रसाईंले काठमाडौंको तीनकुनेमा वितण्डा मच्चाएर भाग्न प्रयोग गरेको गाडी प्रहरीले इटहरीमा फेला पारेको छ ।उपत्यका प्रहरी कार्यालयले उक्त गाडी इटहरीमा फेला पारेको हो ।

बागमती प्रदेशको बी एबी ४२०८ नम्बरको स्कोरपियो इटहरीमा भेटिएपछि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । उनी इटहरी हुँदै भारत भागेको आशंका प्रहरीको छ ।

चैत १५ मा राजावादीले गरेको प्रदर्शनका जनकमान्डर प्रसाईं थिए । उनकै कमान्डमा गरिएको अराजक प्रदर्शनले २ जनाको ज्यान लिएको थियो ।

बिहिबार, २० चैत, २०८१, रातीको ०८:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर