
विष्णु काफ्ले
कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ आउन अब एक हप्ता मात्रै बाँकी छ । विभिन्न बयासी गन्तब्यहरुलाई औपचारिक रुपमा समेटेर अघि सारिएको पर्यटन वर्षले धार्मिक, साँस्कृतिक, प्राकृतिक पर्यटकीय स्थलहरु, घरबास पर्यटन लगायत पुर्वाधार विकास र प्रवद्र्धन गर्ने भनेको छ । यस प्रकारका कार्यक्रम र अभियानले पर्यटन प्रवद्र्धन र विकासमा ठूलो सघाउ पु¥याउन सक्छ । त्यसैले यो कोशी प्रदेशको समग्र पर्यटकीय सम्भावना र अवसरहरु उजागर गर्ने र बाहिरी दुनियाँसम्म पु¥याउने एउटा माध्यम अवश्य नै बन्न सक्छ । विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आर्थिक क्रियाकलाप अभिवृद्धिका दृष्टिले पर्यटन क्षेत्र नेपालको आर्थिक समुन्नतीमा तुलनात्मक र प्रतिस्पर्धात्मक लाभको एउटा महत्वपुर्ण क्षेत्र रहेको छ । नेपाल सरकारले पर्यटन प्रवद्र्धन र विकासका लागि पहिचान गरेको मुख्य १०० गन्तब्य मध्ये १६ ओटा यसै प्रदेशमा रहेका छन् । यस लेखमा कोशी पर्यटन वर्ष २०८२ को अवसरलाई सदुपयोगका सन्दर्भमा छोटो चर्चा यहाँ गर्न खोजिएको छ ।
पर्यटन विकास र प्रवद्र्धनका ‘चार दृष्टि’ : प्राकृतिक, साँस्कृतिक, अध्यात्मिक र साहशिक पर्यटन
कोशी प्रदेश प्राकृतिक, साँस्कृतिक, अध्यात्मिक र साहशिक चारै प्रकारका पर्यटनका लागि एउटा अब्बल गन्तब्य हो । आठ हजार मीटर भन्दा बढी उचाइका १४ ओटा हिमाल मध्ये विश्वकै सर्वोच्च शिखर सगरमाथा, तेस्रो उच्च शिखर कञ्चनजङ्घा सहित ८ ओटा कोशी प्रदेशमा नै रहेका छन् । पाँहजार माथिका ३० ओटा पर्वत यहि छन् । नेपालकै सबैभन्दा होचो भुभाग केचनाकवल यहि प्रदेशमा छ । जैविक विविधताले भरिपुर्ण कोशी टप्पु, लालीगुराँसको राजधानी भनेर चिनिएको तीनजुरे मिल्के जलजले, सगरमाथा, मकालुक्षेत्र, सन्दकपुर, छिन्तापु, अन्तु, कन्याम, हिले, टेम्केडाँडा, जेफाले,भेडेटार, अरुण उपत्यका, तिम्बुङपोखरी, हाँगेथाम, दर्जनौं सिमसार, वन क्षेत्र लगायतका मनोरम प्राकृतिक सुन्दरले सजिएका स्थानहरु छन् । पाथीभरा देवी (मुकुम्लुङ), बराहक्षेत्र, हलेसी महादेव, अर्जुनधारा, माइपोखरी, माङ्सेबुङ, सिलौटी, नाम्चे, मेघ्मा गुम्बा, गजुरमुखी, पिण्डेश्वर, बुढासुब्बा, दन्तकाली, विष्णुपादुका, चतराधाम लगायतका प्रसिद्ध धार्मिक साँस्कृतिक र आध्यात्मिक स्थलहरु यहि छन् । हिन्दु, किराँत र बौद्धमार्गीहरुका धेरै साझा र पवित्र स्थलहरु अध्यात्मिक पर्यटनका लागि आकर्षक गन्तब्य हुन सक्छन् । किराँत सभ्यता यो प्रदेशकै मौलिक र गौरव गर्ने सम्पदा हो । हिमाल, पहाड र तराई, सप्तकोशी र माई नदी प्रणालील यहाँको प्राकृतिक सुन्दरतालाई सिञ्चित गरेको छ । यहाँको भौगोलिक बनावट र प्रकृति राफ्टिङ, बञ्जीजम्प, पाराग्लाइडिङ, स्कीइङ, पदयात्रा आदि जस्ता साहशिक पर्यटनका लागि उपयुक्त छन् । हिमाली, पहाडी र तराई पर्यावरणीय वितरणले जैविक विविधताका दृष्टिले कोशी प्रदेश धनी छ । जातीय र साँस्कृतिक विविधताले धनी कोशी प्रदेश आन्तरिक र बाह्य दुबै पर्यटकका लागि आकर्षक गन्तब्यका रुपमा विकास र प्रवद्र्धन गर्न सकिन्छ ।

पर्यटन विकास र प्रवद्र्धनका ‘तीन विन्दु’ : आन्तरिक, सिमावर्ती र बाह्य पर्यटन
पर्यटक आगमनका दृष्टिले कोशी प्रदेश आन्तरिक, सिमावर्ती र बाह्य तीन ओटै विन्दुहरुमा उपयुक्त रहेको छ । नेपालीहरुमा विस्तारै भ्रमणको सँस्कृति बढ्दै गएरहेको छ । पुर्वाधारको विकास गर्दै सगरमाथा क्षेत्रमा आउने पर्वतारोही र बाह्य पर्यटकहरुलाई क्रमशः कोशीका अन्य पर्यटकीय गन्तब्यसम्म आकर्षण गर्न सकिन्छ । पुर्वी सिमावर्ती क्षेत्रमा आइरहेका भारतीय लगायत बाह्य पर्यटकहरुलाई प्रदेशकै अन्य गन्तब्यसम्म आकर्षित गर्न सकिन्छ । हजारौं भारतीय धार्मिक पर्यटकहरुलाई भित्र्याउन सकिने कुरा गतवर्ष चतराधाममा भएको महाकुम्भमेलाले पुष्टि गरिसकेको छ । चीन र भारतसँगको सीमा, १७ किलोमिटर भन्दा कम दुरीमा रहेको बङ्गलादेश र सीमापार पर्यटक भित्र्याउने प्रचुर सम्भावना यस प्रदेशका लागि तुलनात्मक र प्रतिस्पर्धात्मक लाभको आर्थिक क्षेत्र हुनेमा दुईमत नहोला ।
बाहय पर्यटनका ‘चार ढोका’ : भारत, चीन, बङ्गलादेश र समुन्द्रपार
भारत, बङ्गलादेश, चीन र समुन्द्रपार चारै क्षेत्र नेपाली पर्यटनका प्रमुख बजार हुन् । कोशी प्रदेशका लागि यी क्षेत्रहरु अरु धेरै सहज, उपयुक्त र तुलनात्मक लाभका रहेका छन् । प्रदेशसँग सिमा जोडिएका र नजीकै रहेका दार्जिलिङ र सिक्किमले पर्यटनकै माध्यमबाट फड्को मारेका छन्, विश्वमै कहलिएका छन् । पुर्वी दक्षिण सिमा जोडिएको भारतको पश्चिम बङ्गालमा लोभलाग्दो भ्रमण सँस्कृति छ । विहारमा हुदै गएको तीव्रतर विकास र ठूलो धार्मिक समुदायका लागि बराहक्षेत्र, चतराधाम, हलेशी, अजुनधारा, पाथीभरा लगायतका कोशी प्रदेशका प्रसिद्ध धार्मिक स्थलहरु सदाबहार गन्तब्य हुन सक्छन् । त्यहाँ ठूलो जनसङ्ख्या छ जो नेपालको पर्वतीय क्षेत्र, प्राकृतिक स्थल र धार्मिक स्थलहरुमा कुनै न कुनै रुपमा आइरहेको छ । आवश्यक पुर्वाधार, सुविधा, पर्यटकमैत्री व्यवहार र बजारीकरण गर्न सके पर्यटक आगमनमा छलाङ नै मार्न सक्छ । भारत नेपालको लागि सबैभन्दा सजिलो र ठूलो पर्यटनको बजार हो । जसलाई प्रवेशाज्ञा, अध्यागन, भाषा, रहनसहन आदिको खास समस्या पर्दैन । पछिल्लो दिनमा चिनियाँ पर्यटकहरुको आगमन क्रमशः बढ्दै गएकाले पर्यटनको बजारीकरण त्यहाँसम्म समेत लैजानु पर्ने देखिन्छ । तेस्रो मुलुक भएपनि नेपालको पुर्वी सिमाबाट अत्यन्तै नजिकमा रहेको बङ्गलादेश पर्यटनको ठूलो सम्भावना बोकेको बजार हो । जनसङ्ख्याका हिसावले नेपालभन्दा झण्डै छ गुणा ठूलो बङ्गलादेशको सानो हिस्सालाई नेपाल भित्र्याउन सकियो भने नेपाली पर्यटन बजारको आकार निकै विस्तार हुने सम्भावना रहेको देखिन्छ । अन्तरदेशीय साझेदारी र सहकार्य मार्फत समुन्द्रदेखि सगरमाथासम्मको क्षेत्रलाई नै सार्क पर्यटकीय हबका रुपमा विकास गर्न सकिन्छ । यहाँका प्राकृतिक, साँस्कृतिक, सामाजिक, अध्यात्मिक र साहशिक वैभवहरुको वृहत्तर प्रचारप्रसार, ब्राण्डिङ र बजारीकरण गर्न सके युरोप, अमेरिका, जापान, कोरिया, अष्ट्रेलिया लगायत समुन्द्रपारबाट आउने पर्यटकहरुको संख्या बढाउन सकिने देखिन्छ ।

पर्यटन विकास र प्रवद्र्धनका ‘छ घटक’ : आकर्षण, पहुँच, बसाइ, सर्वसुविधा, जनशक्ति र बजारीकरण
आकर्षण, पहुँच, बसाइ, सर्वसुविधा, जनशक्ति र बजारीकरण पर्यटन प्रवद्र्धन र विकासका लागि छ ओटा मुख्य घटकहरु रहेका छन् । आकर्षणका कुरा माथि नै गरिसकियो – प्राकृतिक, साँस्कृतिक, अध्यात्मिक र साहशिक पर्यटकीय सम्पदाहरु । अब रह्यो पहुँचको कुरो । सबैतिर हवाई सुविधा, सुविधासम्पन्न गाडी वा यस्तै नै चाहिन्छ भन्ने होइन । आन्तरिक र बाह्य पर्यटकहरुलाई त्यहाँसम्म सहजै पु¥याउँन सक्ने प्रणालीको कुरा हो । कोशी प्रदेशमा साना ठूला गरी १४ ओटा विमानस्थलहरु छन् । राष्ट्रिय, क्षेत्रीय र स्थानीय सडक सञ्चालले प्रदेशका अधिकांश क्षेत्र जोडिएका छन् । परापुर्वकाल देखि चलिआएका पदमार्गहरु क्रमशः स्तरोन्नती हुदै छन् । कोशी प्रदेश सरकारले स्वीस सरकारको साझेदारीमा फाल्गुनन्द, चियाबारी, लालीगुराँस र मुन्धुम गरी झण्डै चार सय किलोमिटर लम्बाईका चार ओटा पदमार्गहरु विकास गर्ने तयारी गरीरहेको छ ।
पर्यटकका लागि चाहिने अर्को महत्वपुर्ण पक्ष बसाई र सर्वसुविधाको हो । बस्ने होटेल, लज या घरबास सुविधा, विजुली, सञ्चार, सुरक्षा, सरसफाई, मनोरञ्जन, सहजता, मैत्री व्यवहार र खानपानको सुविधा हो । स्थानीय र रैथाने खानाका परिकारहरु, संस्कृति, रीतिरिवाज, अतिथि सत्कारको शैलीमा बाह्य र आन्तरिक दुवै खाले पर्यटकका लागि आकर्षण हुन्छ । हरेक पर्यटक आफ्नो पसिनाको कमाईको केहि अंश बचाएर घुमफिर गर्न आएको हुन्छ । उसले गर्ने खर्च, दिइने सुविधा, सत्कार र भ्रमण प्याकेज मितब्ययी बनाउन पनि उत्तिकै जरुरी हुन्छ, ताकि उसले गरेको खर्चबाट उसलाई अधिकतम् सन्तुष्टि मिल्न सकोस् ।

पर्यटनका हरेक क्षेत्रमा सम्लग्न जनशक्ति पर्यटकमैत्री हुनु पर्दछ । प्रचारक, ट्राभल एण्ड टुर्स, सवारी चालक, हवाइसेवा प्रदायक, पोर्टर, अन्य सहयोगी, होटेल लज व्यवसायी, गाइड, घरबासधनी, समुदाय, सुरक्षाकर्र्मी, नियमक निकाय, कर्मचारी लगायत सबैको मैत्रिपुर्ण सत्कार र व्यवहारले पर्यटकको मन जित्न सक्नु पर्ने हुन्छ । पर्यटक विविध पृष्ठभूमि, भूगोल, धर्म, वर्ण, लिङ्ग, संस्कृति, पराम्परा आदिबाट आएका हुन्छन् । उनीहरुको सोच र स्वभाव फरक फरक हुन सक्छ । । सबैलाई समभावले आदरसत्कार र सम्भान गर्न सक्नु पर्दछ । कुनै एकलेमात्रै नकारात्मक व्यवहार गरे या आउने पर्यटकले त्यस्तो महशुस गरेमा सिङ्गो क्षेत्र नै धराशायी बन्न सक्छ । पर्यटक भनेका पैसा तिरेर आएका एकछिनका अतिथि मात्रै हैनन् उनिहरु सिङ्गै पर्यटन क्षेत्र, व्यवसाय र नेपालकै सद्भावना र सन्देश प्रदायक पनि हुन् । हरेक पर्यटको सन्तुष्टिले सयौं अरुका लागि गुणात्मक प्रभाव पार्दछ । पर्यटनको कुरा गर्दा यसमा सम्लग्न जनशक्तिको क्षमता विकास हमेशा ओझेलमा परेको देखिन्छ । तर असल पर्यटन अभ्यासमा जनशक्ति सधैँ केन्द्रमा हुन्छ । अरु धेरै कुरालाई पर्यटकले सहजै बुझिदिन्छन्, सहन्छन्, पचाउँछन् र कसैले खराब नियम राख्यो वा अमैत्री व्यवहार ग¥यो भने त्यो कदापि क्षमाशील हुदैन । पर्यटन भनेको अतिथिलाई खुशी पारेर, मन जितेर अनि सन्तुष्ट बनाएर सेवा बेचेर चल्ने व्यवसाय हो । कोशी पर्यटन वर्ष २०८२ पनि हामी आफैलाई प्रमाणित गर्ने अवसर पनि हो जसले गर्दा वर्षौसम्म पर्यटकहरु हामी र हाम्रो ठाँउ सम्झेर आइरहन्छन् । अरु धेरैलाई आउन प्रोत्साहित गरिरहन्छन् । यसका लागि सम्लग्न जनशक्तिलाई आवश्यक तालिम, प्रेरणा, प्रोत्साहन र एक्पोजर दिन ध्यान दिनु पर्दछ । यो पर्यटन व्यवसायको वृद्धि, विकास र दीगोपनासँग जोडिएको पाटो हो ।
पर्यटन प्रवद्र्धनको अर्को पाटो प्रभावकारी बजारीकरण हो । आधुनिक सुचाना र प्रविधिको युगमा सोहि अनुसारका प्रवद्र्धनात्मक रणनीति अपनाउनु पर्दछ । डिजिटल दुनियाँमा डिजिटल र अनलाइन सामाग्री उत्पादन गरी वेभपेज, पोर्टल, डिजिटल प्लेटफर्म, छोटा फिल्म, टेलिविज्ञापन, फेसबुक, इष्टाग्राम, ट्विटर, टिकटक लगायतका सामाजिक सञ्जालहरुको भरपुर सदुपयोग गर्न सक्नु पर्दछ । स्थानीय, राष्ट्रिय, अन्र्तराष्ट्रिय सञ्चार माध्यम र प्लेटफर्महरुसम्म प्रवद्र्धनात्मक कार्य गर्नु पर्दछ । अन्र्तराष्ट्रिय मञ्च, मेला, उत्सव र महोत्सवहरु समेत उपयोग गर्न सकिन्छ । बाह्य पर्यटन प्रवद्र्धनको अर्को माध्यम भनेको हाम्रो कुटनैतिक उपस्थिति रहेका देशहरुमा भएका दुताबास र कन्सुलरहरु पनि हुन् । जसले नेपालको पर्यटकीय आकर्षण, पहुँच, सुविधा आदि बारेमा सम्बन्धित देशका अधिकारीहरु र नागरिकहरु सम्म भरपर्दो जानकारी प्रवाह गर्न मद्दत गर्दछ । पर्यटन वर्ष यस्तै प्रवद्र्धनात्मक रणनीति पनि हो ।
लगानी र साझेदारीका ‘तीन मोडेल’ : सरकार, नीजिक्षेत्र र समुदाय
पर्यटन आफैमा सामूहिक र सहकार्यमा आधारित सेवामुलक क्षेत्र हो । एक्लाएक्लै केहि गर्न सकिदैन । सोच, लगानी, विकास, प्रवद्र्धन र सञ्चालन सबै तहमा सामूहिकता र साझेदारी अनिवार्य शर्त हो । संघ, प्रदेश र स्थानीय सरकार वीचको सहकार्य, साझेदारी र समन्वय गन्तब्यहरुको पहिचान, सुचीकरण र प्रवद्र्धन, पूर्वाधार विकास, मापदण्ड तर्जुमा र नियमन, शान्तिसुरक्षा र सहजीकरणका लागि अत्यावश्यक रहेको छ । गन्तब्यहरुको विकास, सर्वसुविधाको स्तरोन्नती, स्तरीय र पर्यटकमैत्री होटेल, यातायात र पुर्वाधार विकासका क्षेत्रमा सरकार र नीजि क्षेत्रको साझेदारी आवश्यक छ । नीजि क्षेत्रबाट लगानी प्रोत्साहनका लागि कानुनी तथा नीतिगत सुधार र सहजीकरण सरकारको दायित्व हो । नीजि क्षेत्र स्वयम्ले समेत पर्यटनमैत्री आचारसंहिता तर्जुमा गरी अभ्यासमा ल्याउनु पर्दछ । स्थानीय गन्तब्य, पर्यटकीय सम्पदा, मौलिक परम्परा, रीतिरिवाज, भेषभुषा, रैथाने र स्थानीय उत्पादन आदिको संरक्षण, प्रवद्र्धन र पर्यटन व्यवसायबाट हुने लाभको न्यायोचित साझेदारीका लागि सरकार र नीजि क्षेत्र दुवैले समुदायसँग हातेमालो गर्नु पर्ने हुन्छ । यो क्षेत्रको प्रतिष्ठा बढाउने काम सरकार, नीजि क्षेत्र, समुदाय र आम नागरिक सबैको हो भन्ने कुरा कसैले भुल्नु हुदैन ।
पर्यटन विकास र प्रवद्र्धनका ‘पन्ध्र रणनीतिक कार्यक्रम’
हुन त कोशी प्रदेश सरकारले लामो र ठूलो तयारीका साथ पर्यटन वर्ष घोषणा गरेको हुनु पर्दछ । अब केहि दिनमा नै यसको औपचारिक शुभारम्भ हुदैंछ । तर यसलाई औपचारिकता मात्रै नभएर कोशी प्रदेशमा पर्यटनको नतिजामुखी उन्नयन, व्यवसायीकरण र विकासका लागि प्रामथमिकताका साथ देहायका रणनीतिक कार्यक्रमहरु समावेश समेत गर्न सुझाव दिन उपयुक्त ठानेको छु ।
१) भारत र बङ्गलादेशका पर्यटन एजेन्सी, होटेल व्यवसायी, सरकार र पर्यटक लक्षित ‘समुन्द्रदेखि सगरमाथासम्म’ भन्ने प्रवद्र्धनात्मक अभियान तर्जुमा गरी सञ्चालन गर्ने । यसले यो समग्र क्षेत्रका पर्यटकीय गन्तब्य र आकर्षणहरुको उजागर गरी ‘सार्क पर्यटकीय हब’का रुपमा तीनै देश र विश्वसामु चिनाउन मद्दत गर्नेछ ।
२) कोशी प्रदेशका प्रमुख पर्यटकीय आकर्षण र गन्तब्यहरुको डिजिटल र अनलाइन प्रचार सामाग्री (अडियो, भिडियो विज्ञापन, छोटा फिल्म, डकुमेन्ट्री) तयार गरी टेलिभिजन, फेसबुक, इष्टाग्राम, ट्विटर, टिकटक लगायतका सामाजिक सञ्जाल, स्थानीय, राष्ट्रिय, अन्र्तराष्ट्रिय सञ्चार माध्यम र प्लेटफर्महरुसम्म प्रवद्र्धनात्मक कार्य गर्ने । विभिन्न देशहरुमा रहेका नेपाली दुतावास र कन्सुलरहरुले यस्ता प्रवद्र्धनात्मक कार्य सम्बन्धित देश र त्यहाँका सरोकारवाला सम्म पु¥याउन सक्रिय हुने ।
३) भारत (पश्चिम बङ्गाल, विहार लगायतका राज्यहरु), बङ्गलादेश र चीनियाँ ट्राभल एजेन्सीहरुका लागि कोशीको प्रमुख पर्यटकीय गन्तब्य र आकर्षणहरुको परिचयात्मक भ्रमण गराई प्रचारप्रसार गर्ने ।
४) भारतका सीमावर्ती ठूला शहरहरु र बङ्गगलादेशमा ‘कोशी पर्यटन सो’ आयोजना गर्ने ।
५) संघ प्रदेश र स्थानीय सरकारको समन्वयमा एकहप्ता वा सोभन्दा बढी अवधिका लागि कोशी प्रदेशमा आउने पर्यटकहरुलाई भ्रमण अनुमति, शुल्कमा प्रोत्साहनमुलक छुट र सहजीकरण सहित विशेष टुर प्याकेज सरकार र नीजि क्षेत्रको साझेदारीमा बनाई कार्यान्वयन गर्ने ।
६) उपयुक्त समय मिलाएर भारत, बङ्गलादेश र नेपालका ट्राभल एजेन्सीहरुको सहभागितामा बिटुबि मोडेलमा कोशी पर्यटन एक्पो आयोजना गर्ने । सकेसम्म सार्क मुलुक र चीनका त्यस्ता एजेन्सीहरुलाई समेत आमन्त्रण गर्ने ।
७) पर्यटकीय जानकारी र सुचनालाई सुलभ र सहज बनाउन सरकारी तथा नीजि क्षेत्रको सहकार्यमा एकिकृत डिजिटल पर्यटन सुचना पोर्टल÷प्लेटफर्म निर्माण गरी सञ्चालनमा ल्याउने । यसले पर्यटकहरुले भ्रमण प्याकेज, गन्तब्य, आकर्षण, पहुँच, सर्वसुविधा, पुर्व सावधानी, खर्च, बुकिङ र अवधिको बारेमा पुर्वजानकारी दिई सहजता ल्याउने छ ।
८) व्यवसायिक पर्यटन, मैत्री व्यवहार र कुशलताका लागि हाल उपलब्ध र हुनसक्ने सबै प्रकारका जनशक्तिलाई विशिष्ट तालिम, एक्पोजर लगायतका क्षमता अभिवृद्धिका कार्यक्रम तर्जुमा गरी सञ्चालन गर्ने ।
९) कोशी प्रदेशका विविध जातजाती समुदाय तथा क्षेत्रका मौलिक संस्कृति, रहनरहन, रुैथाने उत्पादन, खाद्य परिकार, रेसिपी बुक आदिको अभिलेखीकृत गरी प्रकाशन र प्रचारप्रसार गर्ने । साथै कोशी प्रदेशका विभिन्न क्षेत्रमा पाइने जैविक विविधताहरुको अभिलेख अवलोकन पुस्तिका तयार पार्ने ।
१०) अहिले पहिचान भइसकेका र सम्भाब्य प्रमुख पदमार्गहरु जस्तै पाथीभरा साँस्कृतिक ट्रेल, चियाबारी पदमार्ग, काकडभिट्टा देखि सलकपुर, अन्तु, पशुपतिनगर, जैवारी, सन्दकपुर, फलुट, चियाभञ्ज्याङ्ग, तिम्बुङपोखरी हुदै कञ्चनजंघा आधार शिविर सम्मको सिमावर्ती पदमार्ग, तेह्रथुम, धनकुटा र संखुवासभा जोड्ने लालीगुराँस पदमार्ग, भोजपुरको मुन्धुम पदमार्ग, हलेशी खोटाङ पदमार्ग सोलुखुम्बु हिमालयन पदमार्ग, कोशी तटीय पदमार्ग, धरान, भेडेटार नमस्ते झर्ना पदमार्ग, झापा, मोरङ, सुनसरी, उदयपुर सम्मको वन्यजन्तु पर्यटकीय पदमार्ग, इलाम माइपोखरी, छिन्तापु सन्दरपुर लगायत स्थानीय पर्यटकीय गन्तब्य जोड्ने लामा छोटा पदमार्गहरु, कोशी जलमार्ग लगायत क्षेत्रमा समुदायमा आधारित पर्यापर्यटन, घरबास र आधारभुत पर्यटकीय पुर्वाधार र सुविधाहरुको विकास र प्रवद्र्धन गर्ने ।
११) कोशी प्रदेशका मुख्य प्राकृतिक, धार्मिक, अध्यात्मिक र साँस्कृतिक मनोरम पर्यटकीय गन्तब्यहरुमा उपयुक्त क्षेत्र निक्र्योल गरी नेपाली, भारतीय, बङ्गलादेश लगायत सार्क मुलुकहरुका फिल्म मेकरहरुलाई आकर्षित गर्न परिचयात्मक भ्रमण आयोजना गर्ने । यसले भविश्यमा फिल्म छाँयाङ्कन स्थल (फिल्म सिटि) बनाउन आधार खडा गर्ने छ । पर्यटन वर्षका अवसरका नीजिक्षेत्र समेतको सहकार्यमा कोशी फिल्म फेस्टिभल आयोजना गर्ने ।
१२) सगरमाथा, कञ्चनजङ्घा लगायत छ हजार मीटर माथिका हिमालको सफल आरोहण गर्ने स्वदेशी तथा विदेशी आरोहिहरुलाई आमन्त्रण गरी आरोहण शिखर सम्मेलन (समिटर्स समिट) आयोजना गर्ने ।
१३) प्रदेशको इलाम, संखुवासभा, मोरङ, सुनसरी र उदयपुर जिल्लाका उपयुक्त स्थानमा साइकल मार्ग पहिचान गरी अन्र्तराष्ट्रिय माउण्टेन साईक्लिङ प्रतियोगिताको आयोजना गर्ने ।
१४) नेपाल, भारत, बङ्गलादेश लागयत सार्क मुलुकहरुका साहित्यिक स्रष्टाहरु आमन्त्रण गरी सार्क लिटेरेचर फेस्टिभल आयोजना गर्ने ।
१५) काठमाण्डौ लुम्बिनी, पोखरा र विराटनगर वीच सीधा हवाई यातायात सञ्चालनका लागि संघ सरकारसँग समन्वय गर्ने । पर्यटन वर्ष अवधिभर विराटनगर र भद्रपुरबाट माउण्टेल फ्लाइटको सेवा सञ्चालन गर्ने ।
अन्त्यमा, आर्थिक दृष्टिले हेर्दा नेपालको कुल गाह्र्यस्थ उत्पादनमा पर्यटन क्षेत्रले मात्रै झण्डै ८ प्रतिशत योगदान गरेको छ भने एघार लाख बढीलाई रोजगारी दिलाएको छ । यद्यपि प्रचुर सम्भावनाका बावजुद कोशी प्रदेशले राष्ट्रिय अर्थतन्त्रको झण्डै २ प्रतिशत मात्रै योगदान गरीरहेको देखिन्छ । मुलुकमा संघीयता पश्चात् पर्वतीय पर्यटनको आय हिस्सा संघीय सरकारले नै उठाइरहेको सन्दर्भमा प्रदेशले यसमा प्रत्यक्ष रुपमा लिने र यहाँको प्रचुर प्राकृतिक, सामाजिक, साँस्कृतिक, अध्यात्मिक र साहसिक वैभवहरुको यथोचित सदुपयोग गर्ने हो भने अहिलेको भन्दा कैयन गुणा बढी आम्दानी कोशी प्रदेशले गर्न सक्ने सम्भावना छ । जसका लागि कोशी पर्यटन वर्ष यहाँको पर्यटन क्षेत्रको व्यवसायिक ब्राण्डिङ गरी विश्वसामू चिनाउने एउटा गतिलो माध्यम हुन सक्नेछ । अनि पर्यटन बर्षका नाममा गरिएको र लगानी लगानीले भविश्यमा गर्विलो नजिता दिन सक्नेछ । फराकिलो सोच लिएर सम्बन्धित सबैले हातेमालो गर्दै अघि बढौं, पर्यटन वर्षको एक वर्षका लागि मात्रै हैन सधैका लागि पर्यटन विकासको जग बसाल्न लागौं ।