भारुण्ड झैं भो नेकपाको दशा

 नारायण निरौला

एकोदरा पृथग्ग्रीवा अन्योन्य फल भक्षिणः
असंहता विनश्यन्ति, भारूण्डा इव पक्षिणः ।

एउटाको आरिसले अर्काेले छुट्टै फल खानेहुँदा असहनशिलता बढेर भारुण्ड पंक्षी झै विनास होइन्छ ।

महाभारतको भीष्म पर्वको सातौं अध्यायमा भारुण्डको विषयमा उल्लेख भएको पाइन्छ । भारुण्ड पौराणिककालको कुनै एक प्रकारको चरो(पंछी) को नाम हो । भारुण्डको भुँडी एउटै भएपनि मुख दुईवटा थियो । हिरण्यकश्यपलाई मारेपछि पनि नृसिंह को क्रोध शान्त नहुँदा भारुण्डले नृसिंहलाई आफ्नो पञ्जामा समाएर आकाशमा लिएर उडेको थियो ।

एकदिन समुद्र किनारमा टहलिरहँदा अमृत–फल भेटियो । जुन समुद्रको लहरले किनारामा ल्याइ पु¥याएको थियो । त्यस फललाई खाँदै उसको एउटा मुखले भन्यो– ‘मैले समुद्रको लहरले किनारामा बगाएर ल्याएका सयौं अमृततुल्य फल खाएको छु । तर, यस फलको स्वाद त दिव्य तथा विलक्षण छ । यो देववृक्षको फल पो हो कि ? यस्तो स्वादिलो फल मैले आजसम्म खान पाएको छैन ।’ पहिलो मुखको यस प्रकारको कुरा सुनेर दोस्रो मुखले भन्यो– ‘भाइ, यदि यो फल तिमीले भनेजस्तो स्वादिलो छ भने अलिकति मलाइ पनि देऊ न ! म पनि यसको स्वाद चाखूँ !’ यो सुनेर पहिलो मुखले हाँस्दै भन्यो– ‘हाम्रो त एउटै भुँडी छ, जुन मुखले खाए पनि पेटमैं जाने त हो नि । यो मुखले खाए पनि त्यो मुखले खाएपनि भरपने त एउटै पेट त हो । त्यसैबाट तिमी तृप्ति लेऊ न ! अलग–अलग दुई मुखले किन खानुप¥यो ? बरु उब्रेको भाग हाम्रो प्रियसीलाई दिउँ, उसले पनि यसको स्वाद चाखेर सन्तुष्ट भएमा हाम्रो भलो हुन्छ ।’

पहिलो टाउकाले आधा आफू खायो, बाँकी प्रियसीलाई दियो । त्यो देखेर अर्काे टाउकोले चर्काे असन्तुष्टि जनायो । प्रियसी पनि त्यो फल स्वाद मानी मानी खाएर प्रसन्न भई र पतिलाई आलिंगन र चुम्बन गर्न थाली । दोस्रो मुख त्यस दिनदेखि उदास र खिन्न रहन थाल्यो ।
अर्काे दिन समुद्रमा विष–फल भेटियो । त्यो फल पाएपछि पहिलो मुखलाई देखाउँदै उसले भन्यो– ‘हेर !, आज मैले विषफल पाएको छु, तिमीबाट मैले अपमान पाएको कारण यसलाई म खान गइरहेको छु ।’ उसको यस प्रकारको भयानक कुरा सुनेर पहिलो मुखले आत्तिदै भन्यो– ‘मूर्ख ! यस्तो ग¥यौ भने हामी दुबै जनाको मृत्यु निश्चित हुनेछ, तिमी यो फल नखाऊ !’ पहिलो मुखले जति भनेपनि दोस्रो मुखले मान्दै मानेन । आफ्नो अपमान सम्झेर उसले त्यसलाई एक्लै खाइदियो । त्यो विषफलको कारणले ती दुई मुख भएको अद्भूत चरो तत्कालै म¥यो ।

यसरी महाभारतमा उल्लेखित दुई मुखे पंछीको कथाझैं डबल नेकपाको एकता हुनपुग्यो । नेपालमा संसदीय निर्वाचनको माध्यमबाट करिब दुईतिहाई सिट जित्न सफल कम्युनिष्ट पार्टीको आज अवसान हुन पुगेको छ । माक्र्सवादी विश्लेषणबाट गहिरो गरी अध्ययन गर्ने हो भने वास्तवमा यो केवल नेपाली कम्युनिष्ट आन्दोलनको पतन भन्नुभन्दा नि संशोदनवादको पतन हो भन्ने उदाहरण पनि बन्न पुगेको छ । विश्व कम्युनिष्ट आन्दोलनमा थुप्रै उतारचढाव आएका छन् । सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र जारी हुँदा विश्व पुँजीवादको विकासको मध्ययुगमा थियो । सँगै पुँजीवादी प्रजातान्त्रिक अभ्यासको थलोको रुपमा संसद निक्कै लोकप्रिय बनेको थियोे । तर, संसदले कहिल्यै पनि मजदुर तथा श्रमजीवी वर्गको हितमा सिन्को पनि भाँच्दैनथ्यो । बरु शक्तिशाली देशहरुले संसदलाई उत्पीडित राष्ट्रलाई लुट्ने एउटा राजनीतिक अस्त्रको रुपमा प्रयोग गरे । फलस्वरूप विभिन्न मुलुकहरुमा पुँजीवादी तानाशाहहरुको उदय भयो । पहिलो र दोश्रो विश्वयुद्ध त्यसैको परिणति हो भन्ने कुरा पनि सिद्ध भइसकेको छ ।

कार्ल माक्र्सले संसदको यो रवैया र वर्गीय चरित्रलाई धेरै गहिरो गरि नियाल्नुभएको थियो । त्यसैले संसदलाई ‘बोकाको टाउको राखेर कुकुरको मासु बेच्ने थलो’ भनी ब्याख्या गर्नुभयो। जब सन् १८७१ मा पेरिस कम्युन ७४ दिन (१८ मार्चदेखि २८ मई) पछि असफल भयो, यो दृश्य देखेर माक्र्सले भन्नुभयो ‘मुठ्ठीभर बुर्जुवाहरुको बनिबनाउ राज्यसत्तामा गएर मजदुर तथा श्रमजीवी वर्गको सत्ता बन्न सक्दैन ।’ बहुसंख्यक सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्न बल प्रयोगको सिद्धान्तलाई अंगिकार गर्नेतर्फ माक्र्सले दिशानिर्देश गर्नुभयो ।

सन् १९१७ को महान् रुसी अक्टुबर क्रान्तिले माक्र्सको यो विश्लेषणलाई सावित गरिदियो । लेनिनको नेतृत्वमा रुसी बोल्सेविक पार्टी, त्यस पार्टीको नेतृत्वमा लालसेना र रुसी देशभक्त जनवादीहरुको मोर्चाद्वारा जारहरुको नियन्त्रणमा रहेको राज्यसत्ता खोसेर जनताको हातमा आयो । त्यसैगरी चिनमा माओको नेतृत्वमा सन १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका यी दुई ठूला र महान् क्रान्तिले संसदको रबैयालाई शल्यक्रिया नै गरिदिएको दृष्टान्त इतिहासमा आलै छ । यहि स्पिरिटलाई हृदयंगम गर्न नसक्दा विशौं शताब्दीको पूवाद्र्धमै (रुसी कम्युनिष्ट पार्टीसँगै) स्थापना भएको भारतीय कम्युनिष्ट आन्दोलन संसदवादको गोल चक्करमा फसेर क्षतबिक्षत हुनपुग्यो । जबकि संसारको दोश्रो जनघनत्व भएको गरिबी र भुकमरीको दलदलमा फसेको भारत क्रान्तिका निम्ति एक उर्वर भूमि हो । तर, किन त्यहाँ क्रान्ति हुन सकेन ? यो स्पष्ट छ कि संसदीय गुहे आहालमा डुबुल्की मार्नपुग्दा भारतीय कम्युनिष्ट आन्दोलन त्यो हालतमा आइपुगेको हो ।

नेपाली कम्युनिस्ट आन्दोलन पनि नेताहरुले संसदीय आहालमा डुबाउन खोज्दा यो हालतमा आइपुगेको हो भन्ने कुरा हेक्का राख्नु जरुरी छ । पछिल्लो बाजि संसदरुपी बिषफल एक्लाएक्लै खाने होडमा रहेका अध्यक्षद्वय केपी र पीकेमध्ये केपीले मात्र हतारिएर खाने हुँदा भारुण्डको दुर्गति डबल नेकपाले भोग्नुपरेको हो भन्ने कुरा सबैमा चेतना भया ।

बिहिबार, ०५ चैत, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर