प्रधानमन्त्री कपमा कोशीले तोड्यो हारको शृंखला

विराटनगर । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबारको खेलमा कोशी प्रदेशले पहिलो जित निकालेको छ।

पछिल्ला चार खेलमा लगातार हार व्यहोरिरहेको कोशीले आज भने गण्डकी प्रदेशविरुद्ध नौ विकेटको पहिलो जित निकालेको हो।

३२ रनको लक्ष्य पछ्याएको कोशीले ८.२ ओभरमा एक विकेट गुमाएर भेट्टायो। उसका लागि चिराग शाह १० रन बनाएर आउट हुँदा साकिब हक र सोनु अन्सारीले नटआउट रहँदै क्रमश १६ र ४ रन बनाए।

गण्डकीका सुवास भण्डारीले एक विकेट लिए। त्यसअघि तिलोत्तमाको एक्स्ट्राटेक ओभलमा टस हारेर पहिला ब्याटिङमा तानिएको गण्डकीले २०.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३१ रन बनाउन सक्यो।

उसका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। चार खेलाडी शून्यमै आउट भए। कोशीका विपिन महतोले छ विकेट लिँदा फिरदोस अन्सारीले तीन र दिपेश कँडेलले विकेट लिए।

आइतबार, ०२ चैत, २०८१, दिउँसोको ०४:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर