महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ६ जना पक्राउ

विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० सभापति जसवन्त पौडेलसहित ६ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

स्ववियु निर्वाचन कार्यालय तोडफोड गर्न खोजेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ । उनीहरूले तीनवटा कुर्सि तोडफोड गरेको प्रहरीले जनाएको छ ।

महेन्द्र मोरङमा आधिकारिकताको विषयलाई लिएर नेपाल विद्यार्थी संघ ९नेविसंघ०मा विवाद छ । महेन्द्र मोरङ क्याम्पसमा संस्थापन पक्षले आधिकारिकता पाएपछि इतर समूहले विरोध गर्दै आएको छ।

इतर समूहले विरोध गर्दै निर्वाचन समितिको कार्यालयमा ताला लगाएको छ । ताला लगाएको ठाउँमा इतर समूहका विद्यार्थीले विज्ञप्ति टाँसेपछि बिदाको दिन पौडेलसहितका विद्यार्थीले तोडफोड गर्न खोजेको प्रहरीले जनाएको छ ।

शुक्रबार, ३० फागुन, २०८१, दिउँसोको ०३:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर