हिसान खेलसप्ताहमा ३० हजार सहभागी हुने

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले माघ १० गतेदेखि खेलसप्ताह आयोजना गर्ने भएको छ ।
गत वर्ष आयोजना गरिएका खेल विधाका अतिरिक्त महिला फूटबल तथा कवड्डी समेत थप गरेर यो वर्षदेखि खेलकुदमा छात्राहरुको सहभागिता बढाएको हिसानले जनाएको छ ।

हिसान स्पोर्ट मीट अन्तर्गत महिला तथा पुरुष फुटबल, भलिबल, टेबल टेनिस, कवड्डीसहित पुरुष क्रिकेट, बाँस्केटबल तथा लामो तथा छोटो दुरीको दौड प्रतियोगिता जस्ता इभेन्ट्स हुने मोरङ अध्यक्ष अमित ढकालले जानकारी दिए । आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर दिइएको जानकारी अनुसार मोरङ जिल्लाका संस्थागत विद्यालय र कलेजमा ११ र १२ कक्षा अध्ययनरत ३० हजार विद्यार्थीबाट खेलाडीहरु सप्ताहमा सहभागी हुनेछन् ।

अध्यक्ष ढकालका अनुसार पुरुष फुटबलमा २२ वटा विद्यालय सहभागी हुनेछन् । फुटबलमा बेस्ट स्कोरर, किपर र प्लेयरका साथै २१ वटा मेन अफ दि म्याच दिइने भएको छ । त्यसैगरी १७ टिम सहभागी हुने भविबल खेलमा बेस्ट स्पाइकर, रेजर, ब्लकर, सर्भर र डिफेन्सरका साथै १६ वटा म्यान÷वोमन अफ द म्याच दिने योजना रहेको छ ।

क्रिकेटमा १३ टिम सहभागी हुनेछन् । जसमा बेस्ट बलर, ब्याट्स म्यानसहित १२ वटा म्याद अफ त म्याच समेत दिइनेछ ।
खेलकुद विधातर्फ फुटबल र भलिबलमा प्रथम र दोस्रो हुने टिमलाई ट्रफी र प्रमाणपत्र, बास्केटबलमा प्रथमलाई, लामो तथा छोटो दुरीको दौडका साथै टेवल टेनिसमा प्रथम, दोस्रो, तेस्रो र चौंथो हुने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्रले सम्मान गरिने अध्यक्ष ढकालले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । खेल विधामध्ये क्रिकेट विराटनगर १९ स्थित क्रिकेट रंगशालामा, फुटबल शहीद रंगशालामा, भविबल, कवड्डी, बास्केटबल डिपिएस स्कूलमा र टेवल टेनिस कवर्ड हलमा आयोजना हुनेछ ।

खेल अवधिभर आयोजकले ३० लाख खर्च हुने अनुमान गरेको छ । स्रोत सुनिश्चितताको लागि संस्थागत तथा कलेजहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष ढकालले जानकारी दिएका छन् ।

मङ्गलबार, ०८ माघ, २०८१, साँझको ०७:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर