विराटनगर ।आज बिहानै काठमाडौं र त्यबाट पुर्ब क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
धक्का विराटनगरमा पनि महसुस भएको छ । भुकम्पको धक्कापछी मानिसहरु होहल्ला गर्दै घरबाहिर निस्किएका थिए ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ७ रेक्टर स्केलको मापन भएको छ ।भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
काठमाडौंसहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुरलगायत पुर्बी नेपालमा जिल्लामा समेत धक्का महसुस गरिएको थियो ।
Heavagaban