विराटनगर । नेपाल जनस्वास्थ्य संघ अर्थात नेपाल पब्लिक हेल्थ एसाेसिएसन (नेफा), काेशी प्रदेशले तिहारकाे अवसर पारेर शुक्रबार देउसी भैलाे कार्यक्रम आयाेजना गरेका छन् ।
नेफा काेशीका अध्यक्ष ब्रजेश कुमार मेहता सहित सल्लाहकार ज्ञान बहादुर बस्नेतकाे संयाेजकत्वमा नेपाल चिकित्सक संघ, काेशी शाखाकाे कार्यालयमा पुगेका देउसी समुहलाई चिकित्सक संघका अध्यक्ष डा. राजेन्द्र चाैधरी, महासचिव डा. बालकृष्ण साह, काेषाध्यक्ष डा. सुनिल रेग्मी, सल्लाहकार डा. शुधिर श्रेष्ठ, जुनियर डाक्टरस् सर्कलका डा. तुलाराम यादवले स्वागत गरेका थिए ।
देउसी-भैलाे हाम्राे संस्कृति भएकाे र यसले आपसी भाईचारा सद्भाव र आत्मीयता समेत बढाउने भएकाले अबकाे पिढिले यसलाई निरन्तरता दिनुपर्ने उद्देश्यले कार्यक्रम आयाेजना गरेकाे अध्यक्ष मेहताले बताए । कार्यक्रममा सहभागीहरुले स्वास्थ्यका चुनाैति र संस्थागत एकताका विषयमा समेत छलफल गरेका थिए ।
“देश संघीयतामा गई सकेकाे वर्तमान अवस्थामा स्वास्थ्यका परिषद (काउन्सिल) हरु पनि प्रदेशहरुमा ल्याउन स्वास्थ्यका पेशागत संगठनहरु विच कार्यगत एकता हुनुपर्छ ।” जनस्वास्थ्य विज्ञ ज्ञान बहादुर बस्नेतले जाेड दिए ।
“तिहारमा सबै आ-आफ्नो घर परिवारमा व्यस्त रहे पनि नेफाले चिकित्सक संघमा नै देउसी खेल्न आउने भने पछि हतार हतार तयारी गर्याै ।” संघका महासचिव डा. साहले बताए । नेफालाई आफ्नाे कार्यालयमा स्वागत गर्न पाउँदा निकैखुशी भएकाे र यसले स्वास्थ्यका अध्ययन, अनुशन्धान तथा नीति निर्माणमा समेत कार्यगत एकताका लागि महत्त्व राख्ने संघका अध्यक्ष डा. चाैधरीले बताए ।