सर्ट कमेन्ट : च्याङ्ग्रा लखेट्याँईमा परे रवि

 जयप्रकाश आनन्द

राजनीतिमा सायद यो मेरो जीवन भरका अनुभवहरूको यो एक पक्ष हो । नेपालमा भएका आज पर्यन्तका सबै महत्वपूर्ण परिवर्तन, जसले राजनीतिक संरचनालाई बदल्न सक्यो–त्यसको निर्णायक शक्ति तलका सात पक्षहरू मध्ये अधिकांश वा बढी पक्षहरूको सम्मिलित प्रयास अथवा सहकार्यबाट मात्र संभव भएको हो । ति हुन् :

१. खस–आर्य समुदाय,
२. न्यायालय–अदालत,
३. निजामती कर्मचारीतन्त्र,
४. सुरक्षा निकाय (नेपाली सेना–नेपाल प्रहरी),
५. खस–आर्य समुदायका उद्योगी व्यवसायी,
६. भारत र,
७. चीन

रड्कहरू राजामा बदलिएको बदलाव होस् वा राजा रड्कमा ओर्लिने घटना होस्–माथिका सात पक्षहरू मध्ये सबैको वा उपर्युक्त मध्ये धेरैको सहमतिबाट मात्र त्यस्ता परिवर्तन सम्भव भएको हो ।

यस बाहेक धेरैलाई लाग्दो हो, हैन् म वा हामी बदलावका बाहक हौं ! यो बेकार कुरो हो । बाँकी सबै “सामेल बाजा” हुन् । सामेल बाजा, अर्थात मर्मज्ञ संगीतकारहरूको बाद्यबादनका साधनहरूका साथको शोभा यात्रामा संगीत नजान्नेहरू पनि सामेल भएर संगीतज्ञको हाऊभाव देखाए जस्तो । आदिबासी–जनजाति, मधेसी, दलित–बहिष्कृत, बालेन, हर्क र रवि सबै सामेल बाजाहरू हुन् ।

रवि लामिछाने नेपालका राजनीतिमा संभावनाका आंकलनहरूका साथ उदाएको यौटा नाम अवश्य थियो । मुलुकको गृहमन्त्री भए । लाग्दथ्यो, चन्द्रमासको अँध्यारो आकाशमा चाँदीको सेतो घेरा उदीत भयो । उनको उज्वल भविष्यको मलाई कुनै ज्ञान त छैन । तर, मलाई लाग्दछ–उनको अतीतले गर्दा होस् वा उनलाई ठेगान लगाउने राजनीतिक नियामकहरूका कारणले होस्, उनको अवतरण कठिन हुँदै गएको छ ।

रवि खस–आर्य त अवश्य हुन्, तर नेपाली राजनीतिमा निर्णायकत्वका अनेकन महान् अनुभवहरू बोकेका खस–आर्य समुदायका असंख्य मध्येका एक ‘थर’ मात्र छ रविसँग । सात सूत्रमा रविको कुनै पकड वा पहूँच छैन् । थुनामा रहँदा वा अब हुन सक्ने पूर्पक्षको थुनाका अवधि भरमै उनी राजनीतिका खेलाडीहरूसँग यथोचित्त तालमेल मिलाउन सकेनन् भने यो च्यांग्रा लखेट्याइँमा रवि भुत्लिने छन् ।

– फेसबुक पेजबाट साभार

सोमबार, १२ कार्तिक, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर