विराटनगरका गुरु बराल एमालेको उपाध्यक्ष मनोनीत

विराटनगर । नेकपा एमालेले विराटनगरका पुराना नेता गुरु बराललाई केन्द्रीय उपाध्यक्षमा मनोनीत गरेको छ ।

बिहीबार बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई उपाध्यक्ष मनोनित गर्ने निर्णय गरेको हो ।

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो । बराललाई सोही स्थानामा मनोनीत गरिएको हो । उनी यसअघि एमालेको बागमती प्रदेश इञ्चार्जको जिम्मेवारीमा थिए ।

बैठकले मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । न्यौपाने नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा प्रवेश गरेका हुन् भने श्रेष्ठ एमालेकै पोलिटब्युरो सदस्य थिए ।

बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । जसमा सुवास कर्माचार्य ( सिन्धुपाल्चोक), कुन्दन कुशवाहा, (जितेन्द्र देव (सप्तरी), रामप्रित राम (सिरहा),
कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला ( मकवानपुर) सरिता भुसाल, प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) छन् ।

 

बिहिबार, १७ साउन, २०८१, दिउँसोको ०४:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर