प्रदेश १ का नयाँ डिआइजी श्याम ज्ञवालीले समाले पदभार

विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवाली कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गरेका छन् ।

नेपाल सरकार गृह मन्त्रालयको यही पौष २९ गतेको निर्णयअनुसार साइबर ब्युरो भोटाहिटी काठमान्डौबाट यस कार्यालयमा पदस्थपना हुनु भएका प्रहरी नायव महानिरीक्षक ज्ञवालीले आजै कार्यभार समाले हुन् ।

विशेष गरेर अपराध अनुसन्धान, प्रहरी अपरेसन, कुशल नेतृत्व तथा प्रहरी व्यवस्थापन लगायत विषय सम्बन्धी राम्रो ज्ञान भएका ज्ञवाली अपराध अनुसन्धानको क्षेत्रमा विभिन्न चर्चित अपराधका घटनाहरूमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हासिल गरेका छन् । यसै गरी उनले विभिन्न जिल्ला प्रहरी कार्यालयहरू तथा जिल्ला प्रहरी परिसर काठमान्डौं मा समेत सफल नेतृत्व निर्वाह गरिसकेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा हाजिर भए पश्चात उनले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । उनले प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानुनको परिधिमा रहेर जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए ।

बुधबार, ०४ माघ, २०७९, साँझको ०६:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर