बाँतर समुदायका श्रष्टाहरु पुरस्कृत

विराटनगर । गीतमार्फत् नेपाली भाषाको उत्थानमा सहयोग पुर्‍याएका तीन जना बाँतर समुदायका श्रष्टाहरुलाई सम्मान गरिएको छ । उनीहरुलाई पुरस्कार रकमसहित सम्मान गरिएको हो ।

प्रवासी सरदार ‘बाँतर’ यूवा एकता समाज उत्थान केन्द्र नेपाल र हिमपत मिडियाद्वारा दोस्रो अनलाईन नेपाली गीत गायन प्रतियोगिता–२०२२ मा प्रथम, द्धितीय र तृतीय हुने तीन जनालाई पुरस्कृत गरेको हो ।

प्रतियोगितामा प्रथम हुने चुडा सरदार, दोश्रो हुने विजयकुमार सरदार र तेश्रो हुने राजीव सरदारलाई क्रमश १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।

उनीहरुलाई प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री यादवले संघीयता स्थापनापछि सबै जातजाति र भाषा संस्कृतिको संरक्षणका लागि सहयोग पुगेको बताए । मातृभूमि, मातृभाषा र मातृत्वलाई सदैव सम्मान गर्नुपर्नेमा जोड दिँदै मन्त्री यादवले आफ्नो पहिचान जोगाउन संस्कार, संस्कृति र भाषाप्रति आदर एवं संरक्षण गर्न आग्रह गरे ।

कार्यक्रममा हिमपत मिडियाका अध्यक्ष विरेन्द्रकुमार साह, नेपाली कांग्रेसका प्रदेश १ का कोषाध्यक्ष राजेश गुप्ता, रेडियो नेपालका गायक रामा मण्डल, वरिष्ठ गायक बिरेन्द्र झा, नितिन गजुरेल, प्रवलदीप विश्वास, कवयत्री सरिता तुलाधर लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।प्रवासी सरदार ‘बाँतर’ यूवा एकता समाज उत्थान केन्द्र नेपालले आफ्नो जातिका प्रतिभाहरुलाई प्रोत्साहन निरन्तर गरिरहन्छ । साथै यस समूहले गरिब दुःखी तथा बेसहारा व्यक्तिहरुलाई निरन्तर आर्थिक सहयोग गर्दै आइरहेको समूहका अध्यक्ष रंजित सरदारले बताए ।

सोमबार, १६ साउन, २०७९, बिहानको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर