यो हो संसारकै ठूलो स्ट्रबेरी, गिनिज बुुक रेकर्डमा राख्यो कीर्तिमान

काठमाडौं । इजरायलका किसानले फलाएको २८९ ग्रामको स्ट्रबेरीले हालसम्मकै ठूलो स्ट्रबेरीको उपाधि पाएको छ । यो स्ट्रबेरीको उत्पादनका लागि चाँहि एरियल नामका किसानले १ वर्ष बिताएका थिए ।

यो स्ट्रबेरी एरियल परिवारको मध्य इजरायलमा रहेको खेतबाट सन् २०२१ को फेबु्रअरीमा टिपिएको थियो । त्यसपछि यसलाई फ्रोजन गरेर राखिएको थियो ।

‘यसको नतिजाका लागि १ वर्ष लाग्यो । हामीले यसलाई १ वर्षसम्म फ्रिजिङको रुपमा राख्यौ । यो हुनुुपर्ने जत्तिको लामो थिएन,’ एरियलले बताए ।

यो स्ट्रबेरीलाई स्थानीय भाषमा इलान भनिन्छ र यो ठूलो आकारमा बढ्ने गर्छ । यो ठूूलो आकारको फल एक वर्ष अगाडि जस्तो आकारको थियो, त्योभन्दा आधा भएको एरियलले बताए ।

यस अघि विश्वकै ठूलो स्ट्रबेरीको उपाधी सन् २०१५ मा जापानको फुकुुओकामा फलेको स्ट्रबेरीको नाममा थियो । उक्त स्ट्रबेरीको आकार २५० ग्राम थियो ।

यो समाचार पाएपछि आपूm नाचेको, बुुर्किसी मारेको, हासेको र गीत गाएको उनले बताएका छन् ।

‘गिनिज बुुक रेकर्डमा समावेश हुन पाउँदा हामी खुसी भएका छौँ,’ उनले भने ।एजेन्सी

बिहिबार, १२ फागुन, २०७८, दिउँसोको ०२:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर