विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले ४ नंं. वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीलाई वार्षिक समीक्षा गोष्ठीबाट नगर प्रहरी लगाएर निकालेका घटनाकाे माओवादी माेरङले विराेध गरेकाे छ ।
माओवादीले मेयरले माफी माग्नुको साथै वडाअध्यक्षले उठाएको बेथितिको विषयमा छानविन गनुपर्ने माग गरेको छ । नेकपा माओवादी मोरङका संयोजक गणेश उप्रेती (शुशिल) ले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो माग राखेका हुन् ।
नगरपालिकाको सोमबार बसेको समीक्षा गोष्ठीमा वडा अध्यक्ष भण्डारीले नगरपालिकामा व्यापक आर्थिक अनियमितता भएको भन्दै जवाफ मागेका थिए । उनले इन्धनका लागि छुट्याएको ४२ लाख, सवारी मर्मतका लागि छुट्याएको ३० लाख र फर्निचरका लागि छुट्याएको ५० लाखको हिसाब देखाएर मात्रै बैठक अघि बढाउन माग गरेका थिए । बैठक अघि बढ्न नदिएपछि मेयर राईले नगरप्रहरीलाई बाहिर निकाल्न निर्देशन दिए । निर्देशनपछि दुईजना नगरप्रहरीले उनलाई निकालेपछि मात्रै छलफल सुरु भएको थियो ।
सोही घटनालाई लिएर नेकपा माओवादी केन्द्रले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । ‘समीक्षा बैठकमा वडा अध्यक्षले उठाएका, नगरपालिकाको काममा भएको बेथिति, मनोमानी, अनियमितता र भ्रष्टचारका विषयहरुलाई छलफलको विषय बनाइ त्यस विषयको समाधान खोज्नुको साटो आफूले गरेको बेथिति, मनोमानी, अनियमिता र भ्रष्टचारका विरुद्धको आवाजलाइ दवाएर राख्ने मनसायले वडा अध्यक्ष माथि गैरकानुनी र हुकुमी शैलीमा बैठकबाटै नगर प्रहरी लगाएर दुरव्र्यवहार गरि निकालिएको घटनामा हामी भत्सर्ना गर्दछौं,’ संयोजक उप्रेतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैठकमा आफ्ना विषय राखेकै कारण निर्वाचित जनप्रतिनिधि माथि अमर्यादित व्यवहार गर्ने नगर प्रमुखको शैलीका कारण सृजित घटनालाई द्वन्द्व र झडप तिर जान नदिनको लागि घटनमा संलग्न नगर प्रमुखसहितले तत्काल वडाअध्यक्ष समक्ष माफी मागी वडाअध्यक्षले उठाएको विषयमा छानविन गरि सत्य तथ्य पत्ता लगाइ सामाधान गर्न आग्रह गर्दछौं ।’