विराटनगर/ नेपाल औषधि व्यवसायी संघ मोरङले कोरोना भाइसर (कोभिड १९) को संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी सम्बन्धी सचेतना फैलाउँदै दोस्रो पटक विराटनगर माक्स वितरण गरेको छ ।
संघले विराटनगरको तीनपैनी चौकमा सर्वसाधारणलाई भाइरसबाट जोगिन मास्क लगाउने गर्नुपर्छ भन्ने सचेतना जगाउँदै एक हजार थान मास्क शुक्रबार वितरण गरेको हो ।
यसअघि पनि गत बुधवार १ हजार थान माक्स विराटनगरस्थित ट्राफिक चौकमा वितरण गरेको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष देशबन्धु ढकालले जानकारी दिनुभयो । संघले भाइरसको संक्रमण सबैभन्दा बढी हातमा हुने भन्दै सर्वसाधारणलाई हातलाई भाइरसबाट मुक्त राख्न सेनिटाइजर लगाउनुपर्ने सूचनासहति सेनिटाइजर लगाइदिएको थियो । सो अवसरमा कोरोना भाइरसबाट जोगिन अपनाउनुपर्ने तरिका र संक्रमण भएमा जोगिने उपायबारे पर्चासमेत वितरण गरिएको थियो ।
सो अवसरमा संघका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकाल, महासचिव दीनेश ठाकुर, सचिव हरि रेग्मी, कोषाध्यक्ष विजयकुमार राजवंशी, सदस्यहरू प्रकाश धिमाल, नेपाल औषधी संचालक संघ केन्द्रिय तर्दथ समिति संयोजक दिपेन्द्र मण्डल, औषधी व्यवसायी सत्यम नेपालीलगायतले सर्वसाधारणलाई मास्क वितरण गर्नुभएको थियो ।