थपिएको विशिष्टिकृत ९६ शैय्यासहति कोभिड अस्पताल सञ्चालन

विराटनगर । प्रदेश सरकारद्धारा थप ९६ शैय्या विस्तारित विराटनगर–१० स्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा शुक्रबारदेखि सञ्चालनमा आएको छ ।

शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईले अस्पतालको स्थलगत अनुगमन गरेपछि अस्पताल सञ्चालनमा आएको हो ।

कोरोना संक्रमितको संख्या बढेसँगै गम्भीर प्रकृतिका बिरामीहरुको सहज उपचारका लागि बिशिष्टिकृत सेवा सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याईएको हो । सञ्चालनमा आएको अस्पताल २१ वटा भेन्टिलेटर र ८३ वटा अक्सिजनसहितको रहेको छ ।

प्रदेश सरकार र नागरिक केयर सेन्टरको सहकार्यमा निर्माण गरि सञ्चालनमा आएको कोभिड अस्पतालमा ३ वटा ब्लक रहेको छ । दुईवटा जेनेरल र एउटा एच.डी.यु वार्ड रहेको छ । २१ शैयाको एच.डी.यु वार्डमा अत्याधुनिक उपकरणसहितको भेन्टिलेटर सेवा छ ।

कोभिड १९ उपचार केन्द्रमा हाल गम्भीर प्रकृतिका ३२ जना संक्रमितहरु उपचाररत छन् । यसअघिको ८० बेड क्षमताको कोभिड अस्पतालमा ३२ बेड मात्र भेन्टिलेटर सहितको थियो । संक्रमितहरु बढ्न थालेसँगै बिरामी भर्ना लिन असहज भएपछि भेन्टिलेटरसहितको सेवा विस्तार गरिएको हो ।

हाल विस्तारित कोभिड अस्पतालमा प्रदेश सरकार र नागरिक केयर सेन्टरको ९ करोडको संयुक्त लगानी छ । प्रदेश सरकारले भने अन्य जिल्लाहरूमा पनि २० शैयाको आइशोलेसन र उपचार केन्द्र बनाउन निर्देशन दिएको जनाएको छ ।

शुक्रबार, १७ बैशाख, २०७८, दिउँसोको ०४:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर