विराटनगर । पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणबाट देशभर १५ जनाको मृत्यु भएको छ।
नेपालमा यो एकैदिन मृत्यु भएको हालसम्मकै उच्च संख्या हो । यसअघि भदौ १४ गते १४ जना संक्रमितको मृत्यु भएको थियो ।
योसँगै कोभिड संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ३६० पुगेको छ। यही समयअवधिमा थप १ हजार १७० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। १५ हजार ३ सय ९३ संक्रिय संक्रमित संख्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।
नेपालमा अहिलेसम्म ५५ हजार ३ सय २९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । आइतबर १ हजार ३९ जनालाई संक्रमण देखिएको थियो । शनिबर १ हजार २ सय १ तथा शुक्रबार १ हजार ४ सय ५४ जना संक्रमित थपिएका थिए ।