विराटनगरको आइसोलेसनमा खटिएकी नर्सलाई कोरोना संक्रमण

विराटनगर । विराटनगर महानगरपालिकाले बनाएको आइसोलेसनमा राखिएका कोरोना संक्रमितको रेखदेखमा खटिने एक जना नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालको ल्याबमा गराएको पिसिआर रिपोर्टमा नर्सलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

सामुदायस्तरमा कोरोना भाइरस फैलिएपछि विराटनगर महानगरपालिकाले तीन स्थानमा संक्रमित राख्ने आइसोलेसन बनाएको छ । मारवाडी सेवा सदन, कालि मन्दिर र विराटनगर १९ स्थित स्वास्थ्य चौकीको भवनमा आइसोलेसन सञ्चालनमा छन् ।

आइसोलनमा राखिएका संक्रमितहरूको स्वास्थ्य अवस्थामा बुझुन खटिने नर्समा कोरोना संक्रमण देखिएको विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुइकेलले जानकारी दिनुभयो । विराटनगरमा शनिबार कोशी अस्पतालको ल्याबले दिएको जानकारी अनुसार ८ जना संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य ल्याबबाट भने रिपोर्ट आउन बाँकी छ ।

शनिबार, ०६ भदौ, २०७७, दिउँसोको ०३:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर