चौधरी फाउण्डेसनद्धारा प्रदेश सरकारलाई भेन्टिलेटर हस्तान्तरण

विराटनगर । प्रदेश १ सरकारलाई चौधरी फाउण्डेसनले पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

मंगलबार विहान सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक रामजी कटुवालले पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो ।

भेन्टिलेटर ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना नियन्त्रण सरकारबाट मात्रै संभव नभएकाले सबैको सहाकार्य आवश्यक रहेको बताउनुभयो । सबैको सहकार्यमा कोरोनालाई नियन्त्रण गर्न सकिने उहाँको भनाई थियो ।

मन्त्री घिमिरेले संक्रमण बढेका स्थानहरुमा कोरोना नियन्त्रणका कामहरु भईरहेको बताउनुभयो । संक्रमण बढेसँगै प्रदेश सरकारले परीक्षणका लागि प्राथमिकता निर्धारण गरेको उहाँले बताउनुभयो । लक्षित समूहको परीक्षण गर्नेगरि प्राथमिकता निर्धारण गरिएको मन्त्री घिमिरेको भनाई छ ।

चौधरी फाउण्डेसनले देशभरी ८ वटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्ने योजना रहेको प्रवन्धक कटुवालले बताउनुभयो । फाउण्डेसनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पनि एउटा पोर्टेवल भेन्टिलेटर उपलब्ध गराउने जनाएको छ ।

मङ्गलबार, ०२ भदौ, २०७७, बिहानको १०:३८ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर