आजदेखि नेपाल प्रिमियर लिग, यस्तो छ खेल तालिका

आजदेखि नेपाल प्रिमियर लिग, यस्तो छ खेल तालिका

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) शुरु हुदैछ ।

क्यानले सार्बजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज खेल्दैछन् ।

किर्तिपुरस्थित टियु मैदानमा हुने यो खेल दिउँसो ४ बजेदेखि शुरु हुनेछ । यो सिजनको एनपीएलका धेरैजसो खेल नवनिर्मित टियु क्रिकेट मैदानको फ्लडलाइटमा हुनेछ ।

लिग चरणमा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । मंसिर २१ गतेसम्म लिग चरणका खेल हुनेछन् । मंसिर २ गते चितवन राइनोज र कर्णाली याक्स तथा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल हुनेछ । यस्तै मंसिर ३ गते काठमाण्डु गोर्खाज र सुदुरपश्चिम रोयल्सबीचको खेल हुने तालिका छ भने मंसिर ४ गते लुम्बिनी लायन्स र चितवन राइनोजको खेल हुनेछ ।

क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार मंसिर ५ गते पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोल्यबीचको खेल तालिका छ । यस्तै मंसिर ६ गते कर्णाली याक्स र लुम्बिनी लायन्स तथा काठमाण्डु गोर्खाज र विराटनगर किंग्सबीचको खेल हुनेछ । मंसिर ७ गते कुनै खेल हुनेछैन ।

मंसिर ८ गते जनकपुर बोटल्र्स र विराटनगर किंग्स तथा सुदुरपश्चिम रोयल्स र कर्णाली याक्सबीचको खेल हुनेछ भने मंसिर ९ गते काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको खेल हुनेछ । क्यासन अनुसार मंसिर १० गते विराटनगर किंग्स र चितवन राइनोजबीच, मंसिर ११ गते लुम्बिनी लायन्स र सुदुरपश्चिम रोयल्सबीच तथा सोही दिन जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीचको खेल हुनेछ ।

तालिका अनुसार मंसिर १२ गते चितवन राइनोज र काठमाण्डु गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्सबीचको खेल हुनेछ । मंसिर १३ गते पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स तथा सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको खेल हुनेछ । मंसिर १४ गते कर्णाली याक्स र काठमाण्डु गोर्खाजबीचको खेल तालिका रहेको छ ।

मंसिर १५ गते कुनै खेल हुनेछैन । मंसिर १६ गते जनकपुर बोल्ट्स र चितवन राइनोजबीच तथा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच खेल हुनेछ । मंसिर १७ गते विराटगर किंग्स र लुम्बिनी लायन्सबीचको खेल हुनेछ भने मंसिर १८ गते पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज तथा सुदुरपश्चिम रोयल्स र चितवन राइनोजबीचको खेल हुनेछ ।

मंसिर १९ गते लुम्बिनी लायन्स र जनकपुर बोल्टसबीचको खेल हुनेछ भने २० गते सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्स तथा चितवन राइनोज र पोखरा एभेन्जर्सबीचको खेल हुनेछ । लिग चरणको अन्तिम खेल मंसिर २१ गते कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ ।

मंसिर २३ गतेबाट प्लेअफका खेल सुरु हुनेछ ।लिग चरणमा शीर्ष दुईमा रहने टोलीले २३ गते पहिलो क्वालिफायर खेल्नेछन् । लिग चरणमा तेस्रो र चौथो भएका टोलीबिच २४ गते एलिमिनेटर हुनेछ । मंसिर २५ गते दोस्रो क्वालिफायर र मंसिर २७ गते फाइनल हुनेछ ।

क्यानक सचिव पारस खड्काले दोस्रो सिजनमा ३५ देखि ४० करोड रूपैयाँसम्म आम्दानी हुने अनुमान रहेको बताएका छन् । प्रयोजकबाट १५ करोड ३० लाख, सहभागी टिमहरूबाट ९ करोड, ओटीटीबाट ५ करोड ३० लाख र टिकटबाट ८ देखि १२ करोडसम्म उठ्ने अनुमान क्यानको छ ।

क्यानले यो सिजनमा पुरस्कार रकमलाई गत वर्षकै कायम गरेको छ । जसअनुसार विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

क्यानले एनपीएल खेलका टिकटलाई दुई श्रेणीमा विभाजन गरेको छ, जसमा साधारण र प्रिमियम रहेका छन् । उद्घाटन दिन र शनिबारका खेलहरूका लागि साधारण टिकटको मूल्य ५०० र प्रिमियम टिकटको मूल्य १ हजार ५०० रुपैयाँ राखिएको छ । साताका अन्य दिन आइतबारदेखि शुक्रबारसम्म हुने खेलहरूका लागि साधारण टिकट ५०० र प्रिमियम टिकटको मूल्य १ हजार रुपैयाँ तोकिएको छ ।

प्लेअफ र फाइनल खेलका लागि भने टिकटको साधारण टिकटको १ हजार र प्रिमियम टिकटको २ हजार रुपैयाँ राखिएको छ । प्रतियोगिताका सबै खेल हेर्न चाहने दर्शकका लागि क्यानले सिजन पासको पनि व्यवस्था गरेको छ । जसको मूल्य १५ हजार रुपैयाँ छ ।

प्रतियोगिताको आधिकारिक टिकटिङ पार्टनरका रूपमा ‘खल्ती बाई आइएमई’ रहेको छ भने दर्शकहरूले खल्ती एपमार्फत सहजै आफ्नो टिकट किन्न सक्ने क्यानले जनाएको छ । क्यानले प्रतियोगिताको पहिलो ६ दिनका खेलहरूका लागि टिकट बिक्री खुला गरेको छ । बिहीबार टिकट खोलेको २४ घण्टामै उद्घाटन खेलको सबै टिकट बिक्रि भएको थियो ।