लुम्बिनीका सभामुखले विघटन गरे आफ्नै सचिवालय

लुम्बिनीका सभामुखले विघटन गरे आफ्नै सचिवालय

विराटनगर । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आफ्नो स्वकीय सचिवालय विघटन गरेका छन् । उनले आफनो सचिालयका ५ जना सदस्य हटाएका हुन् ।

सभामुख घर्ती मगरले विज्ञप्ती नै जारी गरेर प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ८ को उपदफा (१) अनुसार प्रदान हुँदै आएको स्वकीय सचिवालय तथा निजी कर्मचारी सुविधा विशेष परिस्थिति र वर्तमान अवस्थामा आवश्यकतालाई मध्यनजर गर्दै स्थगित गरिएको जनाएका छन् ।

यो निर्णय सोमबारदेखि लागू भएको छ । तर संघले जारी गरेको सर्कुलरमा सभामुख र उपसभामुखको बारेमा केही उल्लेख छैन तर नैतिकताको आधारमा तत्काललाई हटाएको सभामुख घर्तीले जनाएका छन् ।