विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल)को प्रतिस्पिर्धी विराटनगर किंग्सलाई यस वर्ष पनि एभरेष्ट बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ।
कोशी प्रदेशको प्रतिनिधित्व गर्दै आएको विराटनगर किङ्ग्ससँगको गत वर्षको सहकार्यलाई निरन्तरता दिँदै एभरेस्ट बैंकले फेरि सम्झौता गरेको हो ।
विराटनगरमा आइतबार आयोजित एक समारोहबीच विराटनगर किंग्सका प्रतिनिधि बैंकटेस मुन्दडा र एभरेष्ट बैंकका प्रदेश प्रमुख सुधिर गौतमबीच औपचारिक रूपमा सम्झौतापत्रमा हस्ताक्षर भयो । कार्यक्रममा विराटनगर किंग्सका लगानीकर्ता पारस लुनियाँ, जयश लुनिया एभरेष्ट बैंकका कर्मचारीहरू तथा अन्यको उपस्थिति थियो।

