मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटको पेसी आज

मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटको पेसी आज

विराटनगर । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटको पेसी आज तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको हो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध मधेस प्रदेशका ७४ सांसदहरूले अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

मधेस प्रदेशका ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर गरेको रिट गत मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको थियो । यसअघि अदालतले यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको हो । रकी प्रसाद साहसमेतले गत सोमबार दायर गरेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।