पाँचथरमा भएको ट्याक्टर दुर्घटनामा मृत्यु

पाँचथरमा भएको ट्याक्टर दुर्घटनामा मृत्यु

पाँचथर । इलाम पाँचथर सीमावर्ती गोरुवाले भन्ज्याङ नजिकै भएको ट्याक्टर दुर्घटनामा एक जनाको निधन भएको छ ।

इलामको माइमझुवादेखि पाँचथरको लुङरुपा तर्फ नेपाली हाते कागज बनाउने लोक्ताको भारी लिएर आउँदै गरेको प्रदेश १ ०२–००३ त ३४०२ नम्बरको ट्याक्टर इलाम र पाँचथरको सीमावर्ती गोरुवाले भन्ज्याङ भीरबाट नजिक शनिबार राति पल्टेको थियो ।

दुर्घटनामा पाँचथरको फिदिम नगरपालिका १४ घर भएका सोही ट्याक्टरका सह चालक सोमबहादुर राई (पञ्चे)को घटनास्थलमै मृत्इु भएको प्रहरीले जनाएको छ । घटनापछि चालक फरार छन भने दुई जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी अनिषकुमार कर्णले जानकारी दिए ।