विराटनगर । सरकारले विदेशमा रहेका नेपाली नागरिकहरुलाई पनि निर्वाचनमा सहभागी गराउन अध्यादेशमार्फत् कानुन संशोधनको तयारी गरेको छ ।
मतदाता नामावलीमा नाम समावेश भएका तर विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणालीतर्फ मतदान गर्ने अवसरका लागि अध्यादेश ल्याउने तयारी गरेको हो ।
सरकारले एक हप्ताभित्र अध्यादेश ल्याउने गरी कानुन संशोधन प्रक्रिया अगाडि बढाएको विषयमा आज गोरखापत्रले समाचार बनाएको छ ।

