कोशीका मुख्यमन्त्री कार्की भन्छन्, ‘एमालेको अभियानमा १५ लाख सहभागी भए’

कोशीका मुख्यमन्त्री कार्की भन्छन्, ‘एमालेको अभियानमा १५ लाख सहभागी भए’

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेले आज गरेको देशभरको जागरण सभामा १५ लाख मानिस सहभागी भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफूले पाएको तथ्याङ्क अनुसार १५ लाख मानिसले प्रत्यक्ष सहभागीता जनाएको बताएका हुन् । ‘नेकपा (एमाले) द्वारा आज देशभर (७७ जिल्लामा) गरेको जागरण सभा अभियान अन्तर्गत जनप्रदर्शनमा न्युनतम १५ लाख जनताको प्रत्यक्ष सहभागिता रहेको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ,’ उनले लेखेका छन् ।

एमालेले संसद पुनःस्थापनाको माग गर्दै आज देशभर जनप्रदर्शन गरेको थियो । मुख्यमन्त्री कार्की एमालेको पोलिटब्यूरो सदस्य पनि हुन् ।