बहुभाषिक राष्ट्रिय परिचर्चामा कवि सन्तोष कुमार पोखरेलको कविता शैली र नवीन प्रयोगमाथि छलफल

बहुभाषिक राष्ट्रिय परिचर्चामा कवि सन्तोष कुमार पोखरेलको कविता शैली र नवीन प्रयोगमाथि छलफल

विराटनगर । नेपाल स्रष्टा समाज र नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिको संयुक्त आयोजनामा विराटनगर–४ स्थित खोटाङ सामाजिक सेवामञ्चमा एक बहुभाषिक राष्ट्रिय परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बहुभाषिक अन्तर्राष्ट्रिय कवि सन्तोष कुमार पोखरेलले नेपाली, हिन्दी, अंग्रेजी, रुसीसहित विभिन्न भाषामा आफ्ना सिर्जित कविताको शैली, संरचना र नवीन प्रयोगबारे गहिरो विचार प्रस्तुत गरेका छन्।

नेपाल स्रष्टा समाज कोशी प्रदेशका संयोजक कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ को अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा वरिष्ठ साहित्यकार बलराम पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

विशिष्ट अतिथि कवि सन्तोष कुमार पोखरेलले आफ्ना बहुभाषिक सिर्जनाका आयामहरू केलाउँदै उपस्थित साहित्यकार तथा स्रष्टाहरूमाझ गहन विमर्शको वातावरण सिर्जना गरे।


कार्यक्रममा अतिथिहरू डा। देवीपन्थी, शिवनारायण पण्डित ‘सिंगल’, उमनाथ भट्टराई, राजेन्द्र गुरागाईं लगायत साहित्यिक समुदायका उल्लेखनीय व्यक्तित्वहरूको उपस्थिति थियो। कवि पोखरेलको प्रस्तुतिपछि सहभागी स्रष्टाहरूले अवधारणामाथि सुझाव, टिप्पणी र आफ्ना धारणा व्यक्त गर्दै परिचर्चालाई थप जीवन्त बनाएका थिए। डा. पन्थीले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै कवि पोखरेललाई बहुभाषिक सिर्जनामा निरन्तर योगदानका लागि बधाई तथा शुभकामना व्यक्त गरे।

कार्यक्रममा बाबुराम पोखरेल, प्रिन्स प्रमोद ढकाल, भीम कोइराला, सबिना श्रेष्ठ, प्रतिक श्रेष्ठ, शम्भुप्रसाद भट्टराई, निर्मला, मेथनाथ रिजाल, राधा भट्टराई, केदारनाथ ढकाल, लक्ष्मी राईमाझी, सुजाता राई, पुष्पा सायरा, मञ्जु घिमिरे ९दाहाल०, मीनकुमार नवोदित लगायतका साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बाबुराम पोखरेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन लक्ष्मी रायमाझीले गरेकी थिइन्।

यस परिचर्चा कार्यक्रमले बहुभाषिक साहित्यका विभिन्न आयामहरूमाथि छलफल गर्ने अवसर प्रदान गरेको र साहित्यमा नवीन प्रयोग तथा शैलीगत विविधतालाई प्रोत्साहन गर्ने सन्देश दिएको छ।