कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्की एआइजी बन्दै

कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्की एआइजी बन्दै

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख रहेका डिआइजी ईश्वर कार्की बढुवा सिफारिस भएका छन्।

गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले कार्कीलाई डिआइजीबाट एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

दानबहादुर कार्की आइजिपी भएसँगै एउटा एआइजीको पद रिक्त थियो । सोही पदमा कार्कीलाई बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिस समितिको बैठकले बरियताको पहिलो नम्बरमा रहेका डीआइजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो ।डीआईजी कार्कीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं आईजीपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।