नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको लाल किल्ला मेट्रो स्टेसन नजिकै भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ भने २४ जना घाइते भएका छन् ।
घाइतेहरूलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ । घटनामा घाइते भएका एक अटो चालकले यो विस्फोट स्विफ्ट डिजायर कारमा भएको बताएका छन् । यद्यपि, विस्फोटपछि भारतका मुम्बई हरियाणा र उत्तर प्रदेशका सहरहरूमा उच्च सतर्कता जारी गरिएको छ ।
दिल्ली दमकल विभागका अनुसार विस्फोट जस्ता केही आवाजहरू सुनिएपछि उनीहरूलाई सूचना प्राप्त भएको थियो । त्यसपछि दमकलका धेरै गाडीहरू घटनास्थलमा पठाइएको थियो ।
घटनापछि दिल्लीका प्रहरी कमिश्नर सतीश गोलचाले कार विस्फोटको जानकारी दिँदै सोमबार साँझ एक बिस्तारै गुडिरहेको कार रेड सिग्नलमा रोकिँदा त्यसमा विस्फोट भएको बताए । विस्फोटमा वरपरका गाडीहरू पनि प्रभावित भएका छन् ।
– एजेन्सी

