प्रवासका नेपालीलाई निर्वाचनमा सहभागी गराउन अध्यादेश ल्याउने तयारी

प्रवासका नेपालीलाई निर्वाचनमा सहभागी गराउन अध्यादेश ल्याउने तयारी

विराटनगर । सरकारले विदेशमा रहेका नेपाली नागरिकहरुलाई पनि निर्वाचनमा सहभागी गराउन अध्यादेशमार्फत् कानुन संशोधनको तयारी गरेको छ ।

मतदाता नामावलीमा नाम समावेश भएका तर विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणालीतर्फ मतदान गर्ने अवसरका लागि अध्यादेश ल्याउने तयारी गरेको हो ।

सरकारले एक हप्ताभित्र अध्यादेश ल्याउने गरी कानुन संशोधन प्रक्रिया अगाडि बढाएको विषयमा आज गोरखापत्रले समाचार बनाएको छ ।