विराटनगर स्वास्थ्य उपचारका हिसाबले विराटनगर परिचित गोल्डेन अस्पताल व्यवसाय दर्ता तथा स्थानान्तरणको प्रक्रिया पूरा नगरी संचालन गरिरहेको पाइएको छ ।केही महिनादेखि विराटनगर महानगरपालिका ११ स्थित आफ्नै भवनमा संचालनमा ल्याएको सो अस्पतालले हालसम्म वडामा व्यवसाय दर्ता र स्थानान्तरण नगरेर संचालनमा रहेको पाइएको हो ।
स्थापनाकालदेखि विराटनगर महानगरपालिका ९ (हाल ७) मा संचालनमा रहेको थियो । तर केही महिनाअघि सो अस्पताल विराटनगर महानगरपालिका ११ स्थित आफ्नै भवनमा संचालन भइरहेको छ ।महानगरपालिकाका अधिकारीहरूका अनुसार व्यवसाय संचालनको स्थान परिवर्तन भएमा नियमानुसार व्यवसाय दर्ता स्थानान्तरण गर्नुपर्ने कानुनी व्यवस्था छ । तर अस्पतालले यो प्रक्रिया पूरा नगरी नयाँ स्थानमा सेवा संचालन गरिरहेको छ ।
विराटरनगर महानगरपालिका वडा नम्बर ११ का वडा सचिव सरस्वती ढकालले हालसम्म वडामा व्यवसाय दर्ता तथा स्थानान्तरण नभएको जानकारी दिइन् । कर पुजीँंको अधारमा वडालाई तिर्नुपर्ने हो, सचिव ढकालले भनिन्–‘तर हालसम्म कुनै अधिकारी प्रक्रिया वडामा पुरा गरेको छैन । विराटनगर महानगरपालिका ७ का वडा सचिव राम बरालले भदौंमा सारिएको भनेर निवेदन दिएको बताए । अस्पताल सारिएको भनेर निवेदन दिएपनि हालसम्म व्यवसाय हस्तानान्तरण नगरेको उनले सुनाए । उनका अनुसार गोल्डेन अस्पतालले सोमबार घरवहाल कर ७० हजार र दुई महिनाको (साउन–भदौ) ढल उपयोग कर १८ हजार रुपैयाँ तिरेको थियो । अर्को वडामा संचालनमा आएको लामो समयपछि अस्पतालले तिर्नु कर सहित राजश्व तिरेको छ उनले भने ।’
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले भने, “सबै व्यवसायीहरूले कानुनी प्रक्रिया पूरा गर्नुपर्छ, विशेषगरी स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा प्रक्रियापुरा नगर्नु बेवास्ता हो । ‘यस्तो अनियमितताले अन्य इमानदार व्यवसायीहरूलाई निरुत्साहित गर्छ ।”
वेवास्ता गरेर अघि बढे राज्यले कानुनी दायरामा ल्याउनु पर्ने उनको भनाइ थियो ।महानगरपालिकाका एक अधिकारीका अनुसार, यस विषयमा अस्पताललाई स्पष्टीकरण सोध्ने तयारी भइरहेको छ र यथाशीघ्र कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइने छ । यदि अस्पतालले निर्देशनको पालना नगरेमा थप कानुनी कारबाही अगाडि बढाइने उनले बताए । गोल्डेन अस्पतालका प्रमुख प्रशासकीय अपिधकृत मोहमद ज्याहुल हकले सबै निकायलाई जानकारी गराइसकेको बताए । उनले वडा नम्बर ७ मा निवेदन दिएर अस्पताल सार्न लागिएको जानकारी पहिल्यै गराइएको बताए ।
वडा नम्बर ११मा व्यवसाय दर्ता तथा स्थानान्तरणको जानकारी गराइएको छैन । जसले र्गा केहि सताअघि भारत बिहार राज्य अन्र्तगत अररिया बरहराका एकजनालाई सास्ती खेप्नु परेको थियो । त्यहाँका रामेश्वर पासवानका ३० वर्षीय छोरा संजय पासवानको अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि मृत्यु प्रमाण पत्र बनाउन उनले सास्ती खेप्नु परेको हो । अस्पताल संचालन रहेको वडामा अस्पताल स्थानान्तरण नगरिएका कारण मृत्यु दर्ता प्रमाणपत्र जारी गर्न गाह्रो परेको थियो ।
दुघर्टनामा परेका ३० वर्षीय संजयको गोल्डेनमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
समान्य परिवारका उनको नाममा स्थानीय वैकहरुको ऋण रहेकाले वडाबाट मृत्युभएको प्रमाणमा बैंकले मागेको थियो । अस्पताले मृत्यु भएको उल्लेख गरिएको प्रमाणपत्र दिए पनि अररियामा त्यसलाई मान्यता दिइएन । त्यसपछि अस्पताल संचालन रहेको वडावाट जारी भएको मृत्यु प्रमाणपत्र मागिएको थियो । तर सो अस्पताल हालसम्म आफ्नो वडामा स्थानातरण भएर नआएको भन्दै वडाले तत्काल दर्ता गर्न मानेन । जसले गर्दा मृतक परिवारले धेरै दौडधुप गर्नु परेको थियो । अन्तिममा मानवताका आधारमा वडाले मृत्यु प्रमाणपत्र जारी गरिदिएको थियो ।
यस अघि पनि सो अस्पतालले विपनन परिवारका विरामीको मृत्यु भई उपचार खर्च तिर्न नसक्दा शव बन्धक बनाउनेजस्ता काम गर्ने गरेको भनि आलोचना हुने गरेको छ ।उपचार बाट बञ्चित गर्न नमिल्ने र उपचार खर्च तिर्न नसक्दा शव बन्धक बनाउने प्रवृत्तिलाई निरुत्साहित गर्ने कानुनी व्यवस्था विद्यमान हुँदा पनि अस्पतालहरुले त्यसतो काम गर्दै आएका छन् ।