काठमाडौं । नेपाल घुम्न आउने विदेशी पर्यटकलाई सरकारले सहुलियत दिएको छ । आर्थिक वर्ष ०८२÷८३ बजेटमा हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने पाँच हजार अमेरिकी डलरबराबरको विदेशी मुद्रा ल्याउन पाउने व्यवस्था गरिएको छ ।
त्यस्तै, यही बराबरको ट्राभलर्स चेक साथमा ल्याउन पाउने व्यवस्था गरिएको छ । सोभन्दा बढी भन्सार विन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्थालाई सहजीकरण गरिएको छ । यसले नेपाल घुम्न आउने भारतीय पर्यटकलाई थप सहज भएको छ