सार्वजनिक क्षेत्रमा निरन्तर खबरदारी आवश्यक

विराटनगर । कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले पत्रकारिता क्षेत्रले सार्वजनिक जिम्मेवारीमा रहेकाहरुको निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने बताएका छन् । संसदीय पत्रकार मंच कोशी प्रदेशले प्रकाशन गरेको ‘संसदीय पत्रकारिता हाते किताब’को बिहीबार विमोचन गर्दै सभामुख विष्टले सार्वजनिक जिम्मेवारीमा बसेकाहरुलाई ठिक ढंगबाट काम गर्न पत्रकारिता क्षेत्रले अभिप्रेरित गरिरहनुपर्ने बताए ।

सभामुख विष्टलेभने, ‘पत्रकारिता क्षेत्रले गहन जिम्मेवारी वहन गरिरहेको छ, त्यसैले पत्रकारले समाचार सम्प्रेषण गर्दा आफू नजिकका वा आफूसँग राम्रो सम्बन्ध भएकाहरुलाई प्राथमिकता दिने तर राम्रो मुद्दा उठान गर्नेहरुलाई ठाउँ नदिनेजस्तो अवस्था बनाउनु हुँदैन, कसैलाई काखापाखा नगरी सार्वजनिक जिम्मेवारी लिएकाहरुलाई निरन्तर खबरदारी गर्दै पत्रकारिता अगाडि बढ्नुपर्छ ।’सभामुख विष्टले सासद र पत्रकारहरुबीच विभिन्न मुद्दाहरुमा निरन्तर अन्तरक्रिया हुन आवश्यक रहेको भन्दै त्यस्तो वातावरण बनाउन आग्रह पनि गरेका छन्

कार्यक्रममा बोल्नुहुँदै आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले हाते किताब पत्रकारका लागि मात्र नभएर प्रदेशसभाका सांसदहरुका लागि समेत उपयोगी रहेको बताएका छन् । संसदीय पत्रकार मंचले राम्रो सुरुवात गरेको तर पुस्तकमा केही विषय अपुग रहेको भन्दै आगामी संस्करणमा थप समृद्ध बनाउँदै लैजान सकिने बताए । उनले पत्रकारहरुले संसदलाई समाचारको प्रमुख स्रोतको रुपमा लिनुपर्ने भन्दै कार्यव्यवस्था समिति, संसदीय समिति, विधेयक आदि धेरै क्षेत्रबाट पत्रकारले आवश्यक समाचार तयार पार्न सक्ने भएकोले त्यसतर्फ विशेष निगरानी गर्न पनि सुझाव दिए ।

उपभामुख सिर्जना दनुवारले कोशी प्रदेशको संसदीय पत्रकार मंच अन्य प्रदेशको तुलनामा सक्रिय र प्रभावकारी रहेको बताइन ।कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव तथा हाते पुस्तकका सम्पादक विवेक गौतमले पुस्तकले पुस्तकको बारेमा चर्चा गर्नुहुँदै संसदीय रिपोर्टिङ गरिरहेका र नयाँ प्रवेश गर्ने पत्रकारहरुलाई संसदभित्र समाचारको स्रोत, शैली, आचरण आदि विषयमा जानकारी गराउने बताएका छन् ।

बिहिबार, ०३ माघ, २०८१, साँझको ०५:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर