युवाको पौरख देश निर्माणका लागि खाँचो

  दुर्गा गौतम

मानव जातीको इतिहास हेर्दा ढुङ्गे युगदेखिनै श्रम र सृजनाको अभ्यास गरेको पाइन्छ । जंगलमा पाइने फलफूल र खानपानको खोजिमा जनसंख्याको वृद्धिसँगै खानेकुराको अभाव हुनथालेपछि त्यहि बेलादेखि फलफूल र खाद्यान्न बालीहरु बासस्थान वरपर लगाउने, औजार उपकरणको प्रयोग गर्ने संरक्षण र भण्डारण गर्ने गरेको इतिहासमा पड्न पाइन्छ भने कुनै जमात खाद्यान्न खोजिमै आफ्नो समूह हुल बिभाजन गर्दै नयाँ नयाँ ठाउँहरु खोजी गर्दै मानव जाति विश्वभर फैलिएको पड्न पाइन्छ ।
पूर्वी अफ्रिका र युरोपबाट फैलिएको मानव जाति जंगली अवस्थादेखि विश्वभर फैलदैं युनानी, रोम, मिश्र, चिनीयाँ सभ्यता हँुदै सिन्धुघाँटीको सभ्यतासम्म विकास भैसक्दा मानिसमा आफ्नै बसोबास क्षेत्रमा श्रम र सृजना गर्ने वा पलायन हँदै नयाँ नयाँ ठाउँमा बासस्थानको गन्तव्य खोजी गर्ने प्रचलन देखिन्छ ।

देशमा अवसर छैन गरिखाने बाटो छैन भनेर आजको युगमा आइपुग्दा समेत विभिन्न देशका नागरिकहरु आजको दिनमा पनि विश्वभर श्रम र अर्थोपार्जनको खोजीमा मानिसहरू दिनरात दौडिरहेका छन् भने कतिपय देशहरु श्रम र सृजनाको अधिकतम प्रयोग गर्दै श्रोत र साधनहरुको अधिकतम उपभोग गर्दै विश्व बजार तताइरहेका छ्न ।

भोकमरी जस्तो गम्भीर सङ्कट बेहोरेको देश कोरिया जसलाई नेपालले समेत खाद्यान्न सहयोग गरेको इतिहास छ । सन् १९६० अघि साउदी अरव र जर्मनजस्ता देशहरुमा पेट्रोलियम खानी र कोइला खानीमा आफ्ना पौरखी युवाहरू श्रम बजारमा पठाउने आफ्नो देश विकासको कुनै सम्भावना र श्रोत साधन नभएको देश दक्षिण कोरियाले आज विश्वलाई आश्चर्य बनाएको छ । जहाँ ७० हजार भन्दा बढी नेपालीसमेत आजको दिनमा दक्षिण कोरियामा श्रम गछर्न् ।

सन् १९६०-७० को दशकमा कोरियाली नागरिकले विदेशी कमाइ त्याग गरी आफ्नो देश फर्के, श्रम गरे, पसिना बगाए । श्रम र सृजनाले आफ्नै देश सजाए । आज दुनिँया कोरियाको विकास देखेर अचम्मित भएको छन् ।लामोसमय गृहयुद्धको मार खेपेको अर्को देश जापानले गृहयुद्धको घाउ निको नहँुदै सन् १९४५ मा दोश्रो विश्वयुद्दको अर्को प्रहार भोग्नुपर्यो । हिरोसिमा र नागासाकीमा अमेरिकाले आणविक बम खसाल्यो, अनुमानित २ लाख ५० हजार मानिसको मृत्यु भयो । त्यसपछिको धेरै वर्षसम्म रोग र महामारीको प्रहारहरु सहँदै जापानी नागरिकहरुले आफ्नो पौरख देखाए । सन् १९५० पछि जापानीजहरुले कसैले कल्पना समेत नगरेको परिवर्तन देखाउन थाले । आजको दिन जापान विश्वको आकर्षक देश बनेको छ । जापानीजहरुले त्यो शोकलाई शक्तिमा बदले, उनीहरुले पलायन रोजेनन् ।

करिब १७ हजार हाराहारी नागरिक गृहयुद्धमा गुमाएको हाम्रो देशको कथा पिडादायी छ । त्यस्तै सन् १९७५ सम्म गृहयुद्धको मार खेपेको अर्को देश भियतनामले १० लाख ५० हजार हाराहारी आफ्ना नागरिक गुमाएको इतिहास छ । यतिसम्म दुःखद् अवस्था थियो कि खानेकुरा केहि नपाएपछि रुखको बोक्रा खाएर प्राण बचाएका भियतनामी नागरिकहरुले सन् १९८६ पछि देश निर्माणमा जुटे । अहिले भियतनामले विकासको गतिको गियर बदलेको छ विकासको स्पिड तीव्र गतिमा अघि बढिरहेकोछ ।
युद्धको मार मात्रै होइन चरम भोकमरीको मार खेपेको चीनमा तीन वर्षभित्र तीन करोड बढी मान्छे खान नपाएका कारण कुपोषणको शिकार भएर मरेको इतिहास छ । आजको चीनलाइ हेर्दा त्यो सत्य इतिहास पत्याउन गा¥हो लाग्छ भने त्यो बेलाको चिनीयाँहरुले कुनैबेला चीन विश्वमा चम्कने छ भनेर सायदै कसैले कल्पना गरेका थिए होलान् ।

धेरै देशहरुको आर्थिक विकासको इतिहास हेर्दा त्यस देशका नागरिकले दुई÷तीन दशक ठूलो त्याग गरेको सत्य देखिन्छ । जुन जुन देशहरुले आर्थिक विकास हाँसिल गरे त्यस देशका एउटा पुस्ताका युवाहरुको अतुलनीय योगदानबाट मात्र त्यो परिवर्तन सम्भवतुल्य भएको छ ।

आज हाम्रो पुस्ताले वैदेशिक रोजगारमा समय ब्यतित गर्नु भनेको हामी पछि आउने पुस्तालाई पनि वैदेशिक रोजगारमै धकेल्नु हो । तर आज हाम्रो पुस्ताले आफ्नै देशमा अवसर र सम्भावनाको जग बसाउन एउटा दशक पसिना बगाउने हो भने अर्को दशकपछि हामी आफंैले आफ्नो देशको चित्र अलग देख्न पाउछौं साथै आउने पुस्ताको लागि अवसर र सम्भावनाको ढोकाहरु प्रशस्त हुनेछन् । जसरी घर निर्माण गर्दा घरको जग माटोमुनि लुकेको हुन्छ, यद्यपि धेरै खर्च त्यहाँ भएको हुन्छ तर, अदृश्य हुन्छ । त्यस्तै गरेर विकासको जग बसाउने पुस्ताको मेहनत पसिना त्यस्तै जग हो जो अदृश्य हुन्छ । जग नबनाइ एकैपटक तला थप्न जसरी असम्भव हुन्छ देशको परिवर्तनमा पनि यही नियम लागु हुन्छ ।

नेपालमा जीविकोपार्जन र आयआर्जन गर्ने कुनै बाटो छैन भन्ने एकातिर तर्क हुनेगर्छ भने भारतमा रोजगारीको लागि जाने भन्दा कैयौं गुणाङ्कमा भारतीयहरुले नेपालबाट कमाएर नेपाली रुपैयाँ भारत लैजाने गरेको अध्ययन अनुसन्धानकर्ताहरुको तथ्यांक छ ।
अझ कृषिको क्षेत्रमा कैयौं विदेशी नागरिकहरुले लगानी गरेर बर्सौदेखि नेपाली रुपैयाँ निर्यात गरिरहेका केही उदाहरण समेत देखिन्छन् ।

नेपालमै लगानी गरेर उल्लेख्य प्रगती गरेका, मनग्य आम्दानी गरेका उदाहरणहरु हिमाल, पहाड, तराई सबैतिर देख्न सुन्न पाइन्छ । केहि यस्ता पौरखी कथाहरू पनि बेला बेला सुन्न पाइन्छ जसले नेपालमा उत्पादन गरेर अन्य देशमा समेत निर्यात व्यापार गरिरहेका छन् ।

राजनीति र नेतृत्वलाई सबै दोष देखाएर आफूलाई पुरुषार्थ देखाउने प्रवृत्ति अहिलेको युवा पुस्ताका अधिकाङ्समा देखिन्छ । अर्को कुरा जादुको छडी चलाइदिने कुनै नेता आउँछ र देश विकास गरिदिन्छ भन्ने मानसिकताले हाम्रो समाजमा जरो गाढिसकेको छ । देशको राजनीति या नेताहरू नै सबै दोषको भागिदार हो ? आजको युवा पिंढीले गम्भीर समीक्षा गर्न आवश्यक छ ।

हाम्रो देश प्रगतिपथको यात्रामा धेरै पछि भएपनि अन्य एउटा लाभ अवस्य मिलेको छ । दुनिँयाका धेरै अभ्यासहरु र त्यसका परिणामहरुबाट देश र देशका नागरिकहरुले सिक्ने मौका पाएका छन् । राज्यको नीति नियम र युवाहरूको पौरखले मात्र दुनिँया बदलेको सत्य छर्लङ्ग छ ।

बिहिबार, ०३ माघ, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर