काठमाडौँ जिल्ला अदालत पुगे रवि लामिछाने,थुनछेक बहस आजै

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका छन्।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर भएका हुन्।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए।

लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ।

आइतबार, २८ पुष, २०८१, बिहानको ०९:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर