साना दलको शासन अन्त्य गर्न संविधान संशोधन : पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले २०८४ सालको चुनाव अगाडि नै संविधान संशोधन गर्न सकिने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले आउने चुनावमा जनमत विभाजन हुन नदिनेगरी संविधान संशोधन हुने दाबी गरे ।

‘हामी जे काम गर्छौ, त्यसको रिफ्लेक्सन आउने चुनावमा हुन्छ,’ उनले भने, ‘धेरै दलमा जनमत विभाजन भएर प्रमुख दलहरुमाथि साना दललले शासन गर्ने परिपाटी भयो । नेपालको लोकतन्त्रमा त्यो चिज तुरुन्तै अन्त्य गरेर हुँदैन । त्यो चुनावको नयाँ जनादेशबाट हुन्छ ।’

साना दलले ठूला दलमाथि गरेको शासन चुनावबाट अन्त्य गर्ने हिसावले नै सविधान संशोेधनको विषयलाई अगाडि बढाइएको उनले बताए । ८४ को चुनावपछि राजनीति गर्न चाहने दलले बलियो हुनुपर्ने उनले बताए । ‘साना दलहरुले म्याजिक नम्बर पायौं भन्ने अर्थमा शासन गर्ने परिपाटी बेहोर्नु परेकोले त्यो अन्त्य गर्न खोजिएको हो,’ उनले भने ।

महासचिव पोख्रेलले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै भने, ‘सानो भएर सान गर्ने उचित भएन । लोकतन्त्रमा सानो हुने म्याजिक नम्बरको हबला दिएर चाहि अरू दलमाथि शासन गर्न खोज्ने परिपाटी अन्त्य हुनुर्ने उनले बताए । हिंजो तपाइहरुनै म्याजिक नम्बर बालालाई बालकोट तिर बोलाउनु हुन्थ्यो नि भन्ने प्रश्नमा महासचि पोख्रेलले हिजो गल्ती गरेका कारण आज सच्याइएको बताए ।

मङ्गलबार, २७ कार्तिक, २०८१, दिउँसोको १२:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर