अभियान्ता र मेयरले हठ त्यागे श्रेयष्कर

 पुण्य पी अधिकारी

सुशासनको अभियन्ता विराटनगर महानगरपालिका–५ की ५३ वर्षीया इन्दिरा चापागाई र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला हालमा दिनमा एउटा विषयले चर्चित हुनुहुन्छ । मेयर कोइरालाले सुशासन अभियन्तालाई आवश्यक भन्दा बढी बल प्रयोग गरेको विषयमा राष्ट्रिय सञ्चारमाध्यमसहित स्थानीय पत्रपत्रिकाले लेखेका छन् ।

सुशासन अभियान्ता चापाँगाईले मानमर्दन हुने गरी गालीगलौच गरेपछि प्रशासनको सहयोग लिइएको मेयरका तर्फबाट जारी प्रष्टीकरणमा उल्लेख छ । घटना वा विषय प्रसङ्ग जे भएपनि दुवै पक्षबाट शोभनीय कार्य भएको भने देखिँदैन । आफ्नो हठलाई अन्तिम सत्य मान्ने र मौकामा शक्तिको थोरबहुत प्रयोग गर्ने परिपाटीले सुशासन अभियान्ता र मेयरबिच दूरी बढाएको भान भएको छ ।

लोकतन्त्रमा विरोध वा समर्थन गर्ने अधिकार सबैलाई छ । महानगरपालिकाले गरेका केही निर्णयहरू उचित नभएको आरोपमा आफूलाई सुशासन अभियान्ता भन्न रूचाउने चापाँगाईको शैली हालका दिनमा टक अफ द टाउन भएका छन् । चापागाईँलाई नजिक र मसिनो गरी चिन्ने, जान्ने वा बुझ्नेहरूले अभियान्ताविरूद्ध मेयरको कदम उपयुक्त नभएको विषयमा राय व्यक्त गरेका छन् ।

अरू जे–जे भएपनि जुधेर भन्दा पनि सम्वाद, वार्ता र छलफलका माध्यमबाट समस्याको समाधान गरिएका विषय दीर्घकालीन दिगो हुन्छन् वा हुने गरेका छन् । नेपालीमा एउटा आहान प्रचलित छ, निर्धाको हात छिटो चल्छ, तर मेयर र सुशासन अभियान्ताबिच विगत तीन महिनायतादेखिको घम्साघम्सीले को निर्धो अनि को बलियो ? भन्ने प्रश्न सिर्जना गरेको छ ।

आफूलाई सुशासनको अभियान्ताको पर्यायका रूपमा प्रस्तुत गर्न रूचाउनु हुने इन्दिरा चापागार्इँका मागलाई सम्वादका माध्यमबाट सम्बोधन गरिनु पर्ने जानकारहरूको तर्क छ । तर, सम्वाद वा छलफललाई नरोजेर मेयरले बल प्रयोग गरेको आरोप कतिपय नगरवासीको छ ।

महानगरले गरेका निर्णयहरू सही हुन् वा गलत हुन्, त्यसलाई छानविन गर्ने संयन्त्रको विकास गरी समस्याको समाधान हुनुमा पर्नेमा त्यो हुन नसकेको महानगरले प्रशासनलाई गुहारेपछि पुष्टि हुन्छ । तर, आफूलाई अभियन्ताको रूपमा प्रस्तुत गर्ने चापागार्इँले वार्ता वा सम्वादका माध्यमबाट खोजिने समाधानमा महानगरलाई सहयोग गर्नु एउटा असल नागरिकले सत्कर्मका लागि खेलेको रचनात्मक भूमिकाका रूपमा महानगरवासीले अथ्र्याउने महत्वलाई बुझ्न आवश्यक छ । तसर्थ दुवै पक्षले आ–आफ्नो हठ त्यागेर समस्याको समाधान खोज्नु नै श्रेयष्कर देखिन्छ ।

बिहिबार, २५ साउन, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर