विराटनगर । प्रदेश १ को सभामुख र उपसभामुखको निर्वाचन कार्यतालिका तय गर्न विराटनगरमा सर्वदलीय बैठक सुरू भएको छ । प्रदेश सभा सचिवालयमा अहिले सुरू बैठकले प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचत कार्यतालिका तय गर्ने प्रदेश सभा सचिब गोपाल पराजुलीले जानकारी दिए ।
सत्ता साझेदार दलहरुबीचको सहमति अनुसार प्रदेश १ मा मुख्यमन्त्री एमाले र सभामुख माओवादीको भाममा परेको छ ।
माओवादीको भागमा सभामुख पाउने भएपछि राजेन्द्र कार्की र बावुराम गौतमको चर्चा रहेको छ । कार्की संखुवभासको क्षेत्र नं. १ र गौतम ओखलढुंगाको क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
बैठकमा एमाले नेता हिक्मत कार्की, रेवतीरमण भण्डारी, काँग्रेसका दलका नेता उद्धव थापा, हिमाल कार्की, माओवादी केन्द्रका दलका नेता इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादीकी खिनु लङ्वा लिम्बुलगायत सहभागी छन् ।

