विराटनगर । मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात भएपछि स्थानीय प्रशासनले यात्रामा नजान आग्रह गरेको छ। यस क्षेत्रमा भोलिसम्म हिमपातको सम्भावना रहेकोले सुरक्षालाई ध्यानमा राखेर प्रशासनले यस्तो आग्रह गरेको हो।
मुक्तिनाथ दर्शनका लागि पुगेका तीर्थयात्रीहरू हिमपातका कारण प्रभावित भएका छन्। कतिपय स्थानमा ३(४ इञ्चसम्म हिउँ जमेको र सडकमा हिउँ पन्छाउनुपर्ने अवस्था सिर्जना भएको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्ति जारी गर्दै पदयात्रीहरूलाई यात्रामा ननिस्कन अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागले मुस्ताङका उच्च हिमाली क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने प्रक्षेपण गरेको छ। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले यस क्षेत्रमा यात्रा नगर्नरनगराउन आग्रह गरेका छन्।
तिहारको समयमा मुस्ताङसहित हिमाली क्षेत्रमा पदयात्रामा जानेको संख्या बढेको थियो। प्रशासनले मौसम प्रतिकूल हुन सक्ने भएकाले सचेत रहन र हेलचेक्रयाइँ नगर्न आग्रह गरेको छ। गण्डकी प्रदेशका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सूचित गरेको छ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!