विराटनगर । एकीकृत समाजवादीका नयाँ नियुक्त हुन लागेका मन्त्रीको शपथ ग्रहण सोमबार हुने भएको छ । प्रधानमन्त्रीको कार्यालयका अनुसार सोमवारका लागि शपथ ग्रहण गर्ने तयारी गरिएको छ ।

शनिबार बसेको सचिवालय बैठकले चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र भवानी खापुङलाई मन्त्री बनाउने निर्णय गरेको हो।

श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, चौधरीले सहरी विकास, कुँवरले श्रम तथा रोजगार र खापुङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । यसअघि खापुङ स्वास्थ्य राज्यमन्त्री थिए ।

सचिवालय बैठकपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री बनाउने भएका चारै जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन्न ।