बेलबारी प्रज्ञाप्रतिष्ठान विवादमा

बेलबारी । बेलबारी नगरपालिकामा गठन गरिएको बेलबारी प्रज्ञाप्रतिष्ठान विवादमा परेको छ । साहित्यकारहरूले नै यसको विरोध गर्न थालेका हुन् । प्राज्ञिक संस्थामा योग्य, सक्षम तथा योगदानभन्दा पनि दलीय भागबन्डालाई आधार बनाएको भन्दै विरोध हुन थालेको हो ।

प्रज्ञाप्रतिष्ठान गठन दलीय भागबन्डाको आधारमा नभएर योग्यता , क्षमता तथा योगदानका आधारमा हुनुपर्ने भन्दै स्थानीय स्रष्टा केशु विरहीले नगरपालिकालाई ध्यानाकर्षण गराएका थिए ।

भाषा, साहित्य, कला संस्कृतिका क्षेत्रका व्यक्तिहरूको भेला नै नगरी, पार्टीका केही व्यक्तिहरूको सहमतिका आधारमा दलीय भागबन्डाका आधारमा प्रतिष्ठानको तदर्थ समितिको गठन गरिएको बेलबारीका केही साहित्यकारले त्यसको विरोध गरिरहेका छन् ।

सुन्दरहरैँचा सुन्दररहैँचा कला साहित्य समितिका अध्यक्षसमेत रहेका स्रष्टा छवि वैरागी घिमिरे प्राज्ञिक थलोमा दलीय भागबन्डा स्वीकार्य नहुने विचार व्यक्त गर्दै प्राज्ञिक थलोमा सम्बन्धित विषयमा विज्ञता भएका लाइल्याउनु पर्ने बताउँछन् ।

बेलबारीका स्रष्टा एवम् मूर्तिकार श्याम गौतमले यही क्षेत्रमा विगत लामो समयदेखि संलग्न भएका व्यक्तिलाई जानकारी नै नदिई दलीय भागबन्डाका भरमा प्रज्ञाप्रतिष्ठान गठन भएकोमा दुःख व्यक्त गदै यो निर्णय सच्याउन आग्रह गरेका छन् । उनी आफूले पनि बेलबारी प्रज्ञाप्रतिष्ठान गठन भएको सामाजिक सञ्जालबाट मात्र थाहा पाएको बताउँछन् ।

उता साहित्य विकास समितिकै उपाध्यक्ष स्थानीय स्रष्टा रमेश निरौलाले भाषा, साहित्य, कला संस्कृतिका क्षेत्रमा काम गर्दै आएका मानिससँग परामर्श नै नगरी तदर्थ समिति गठन भएको आक्रोश व्यक्त गरेका छन् । ‘कसका लागि यो प्रतिष्ठान गठन गरिएको हो रु दलीय प्रज्ञाप्रतिष्ठान मात्रै भएको उनले आरोप लगाएका छन् ।

त्यस्तै लामो समयदेखि साहित्यमा कलम चलाउँदै आएका स्रष्टा सुन्दर भट्टले दलीय भागबन्डामा प्राज्ञिक संस्थाको गठन हुनुलाई भाषा, साहित्य र कलाको भद्दा मजाक भएको प्रतिक्रिया दिएका छन् ।

बेलबारी नगरपालिकाले असोज ११ गते बेलबारी प्रज्ञाप्रतिष्ठानको ११ सदस्यीय तदर्थ समिति गठन भएको छ । तदर्थ समितिमा रहेकामध्ये केहीको साहित्यिक तथा कला क्षेत्रको योगदानको विषयलाई लिएर माथि प्रश्नसमेत उठाइएको छ ।

शुक्रबार, १४ असोज, २०७९, साँझको ०६:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर