झण्डै एक वर्षदेखिको विवाद पछि, लामो इतिहास बोकेको लोकतान्त्रिक र कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) औपचारिक रुपमा विभाजित भयो । एमाले विभाजित हुनु दुःखद विषय हो । पार्टी विभाजित हुनुमा को बढी दोषि हो ? धेरै हदसम्म जनमानसमा खुलिसकेको छ । अन्य धेरै विषयहरु पनि खुल्दै जानेछन् । एउटा सत्य चाहिँ के हो भने एमाले यो अवस्थामा आइपुग्नुमा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख हुन् । उनले माधव नेपाललाई एमालेबाट ‘आउट’ गर्न लामै कसरत गरे । भाषण गरे, गद्धार भने, अपराधि करार गरे, देशद्रोहीको बिल्ला भिराए, सकेजति सबै गरे । अर्को सत्य के पनि हो भने माधव नेपाललाई सुरुवातदेखि नै ओली विरोधी कित्तामा उभ्याउने र विभाजनको डिलमा पु¥याएर पार्टी अध्यक्ष ओलीकै शरणमा पुग्ने दोस्रो पुस्ता पनि पार्टी फुटका लागि उत्तिकै दोषि छ ।
यो घटनाले दोस्रो पुस्ताका भनिएका नेताहरु विचार, कार्यक्रम, योजना र अडान केही नभएका ‘हुतिहारा’ जस्ता देखिएका छन् । उनीहरुले नेकपा गठन हुँदा, त्यसपछिका विवाद सिर्जना हुँदा र अहिलेसम्म आउँदा के भनेर माधवलाई उकासे र के भनेर छोडे ? मदन भण्डारी र मनमोहनको अवसान पछि सम्हालेर एमाले पार्टीलाई बलियो बनाउन भूमिका खेलेका माधव नेपाल र झलनाथ खनाललाई यति विघ्न धोका दिनु दोस्रो पुस्ताको पुरै असफलता र नकचरोपनको पराकाष्ट हो । न त उनीहरुले पार्टी एकताका लागि ठोस कदम चाल्न सके वा विभाजन गरेर नयाँ पार्टी बनाउने हिम्मत नै राख्न सके । यसर्थ यो दुवै कुरामा दोस्रो पुस्ता पुरै असफल देखियो ।
दोस्रो पुस्ताका नेताप्रति एमालेका मात्रै होइन एमाले इतरपक्षका वा स्वतन्त्र युवाहरुले पनि आशाको नजरले हेर्दथे । तर, उनीहरु त माधवकुमार नेपाल शक्तिमा हुँदा उनैलाई भजाए, दङ्ग्याए, घुक्र्याए, सत्ताको चास्नीमा डुबिरहे । ठूलो पार्टीको नेता हुने, धेरै कार्यकर्ताको तालि पाइरहने यथास्थितिवादी र अवसरवादी सोचले ग्रसितहरुको रुपमा दोस्रो पुस्ता दर्ज भए । यो समस्या अहिलेको एमालेमा पटाक्षप भएपनि माओवादी केन्द्र, कांग्रेस या जनता समाजवादी पार्टी सबैका दोस्रो पुस्तामा पनि यही रोग छ । उनीहरुको चरित्र नै कार्यकर्तालाई काममा लाद्ने, मिडियामा स्टण्ड देखाउने, सत्ताको स्वाद नपाएसम्म क्रान्तिकारी देखिने, पार्टीको शीर्ष नेतृत्वको वरिपरि घुम्ने (गणेश बन्ने) र आफू जीवनभर नेता भइरहने सामन्तवादी चरित्र हो । यसले नयाँ पुस्तालाई अगाडि बढ्न पनि दिँदैन र यसले नेतृत्वलाई सहज ढंगले काम गर्न पनि दिँदैन । यिनिहरुको विरुद्धमा पनि पार्टीभित्रका तेस्रो पुस्ताले विद्रोह गर्नुपर्ने आवश्यकता छ ।
एमालेमा माधव पक्षका नेताहरुलाई एकै पटक सम्झौं त । भीम रावल ‘खरो क्रान्तिकारी र राष्ट्रवादी’ । घनश्याम भुषाल ‘वैचारिक’ । सुरेन्द्र पाण्डे ‘संगठक’ । युवराज ज्ञवाली ‘वचनको पक्का’ । योगेश भट्टराई युवामाझ ‘लोकप्रिय’ । अष्टलक्ष्मी शाक्य ‘अनुभवि’ । तर, ‘यि त सब भन्ने कुरा न हो’ भनेजस्तै आज उनीहरुको सबै मुखुण्डो च्यातिएको छ । तेस्रो पुस्ताले माधव नेपाललाई सुरुदेखि नै जसरी साथ दिएका छन् उनीहरुनै सफल देखिन्छन् । ‘ढुलमुल’ एमाले चरित्र नै हो । तर, तेस्रो पुस्ता र माधव नेपालले आफ्नो ढुलमुलको छवि सुधार्न यस पटक पर्याप्त मौका पाए र पास भए । तर, दोस्रो पुस्ता ढुलमुलले एमालेलाई कसरी गोलचक्करमा फसाएको रहेछ भन्ने प्रमाणित भयो । अन्ततः दोस्रो पुस्ताले आफैं आफूलाई समाप्त गरेका छन् । यो सुखद पक्ष हो । ढुलमुल, अवसरवाद र सामन्ती चरित्र समाप्त हुनैपर्छ ।
ओलीको सामू आत्मसमर्पण गरेपनि उनीहरुले आफ्नो आकार ग्रहण गर्न नसक्ने प्रष्ट छ । ओली पक्षको जुझारु तेस्रो पुस्ता र नेतृत्वको भोकले रन्थनिरहेको दोस्रो पुस्ता त्यही काफी थियो र छ । माधव पक्षका दोस्रो पुस्ता गएर त्यहाँ कुनै ठाउँ नपाउने प्रष्ट छ । उदेक लाग्दो कुरा त के छ भने एक महिना पनि नटिक्ने मुख्यमन्त्रीको पदमा अष्टलक्ष्मी शाक्य जस्तो एउटा अनुभवि नेतृ पुग्नुलाई आश्चर्यको रुपमा लिनुपर्छ । उनी किन त्यतिकै लागि आफ्नो लामो इतिहास समाप्त पारिन् भन्ने विषय पछि खुल्दै जाला । तर, उनको यो कदमले अहिलेसम्मको शाख र नेतृत्व क्षमतामा भने ह्रास आएको छ । अन्त्यमा यति भन्न सकिन्छ, माधव कुमार नेपाललाई अन्तिममा धोका दिनेहरु अवसरवादी हुन् । उनीहरुले माधव नेपाललाई दंग्याएर खाँदाखाँदा गरे, अहिले छोडे । इतिहासले उनीहरुको विषयमा निर्मम मूल्यांकन गर्नुपर्छ ।
सहि बिस्लेसण
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹नेकपा एमाले समाजबादि:🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
बधाई तथा शुभकामना ! निष्ठाका प्रतिमूर्ति माधव, झलनाथ ,रामकुमारी ,राजेन्द्र,बेदुराम लगायतको सिंगो टिमलाई ।
यी 58 के. स. 95 नव के स. भनेका अर्गानिक नेता हुनेछन् भने ठिमाहा र चैतेहरु थपिने नै छन् तर तिनलाई राम्रो परीक्षण गरेर क्वारेन्टिनमा राखेरमात्र काम दिनुपर्ला डिलमुनी राखेर ।
पार्टिको भविश्य उज्ज्वल छ । किनभने स्वघोषित दोस्रोतहका विचौलियामुक्त संगठन देखिन्छ ।बिचमा बसेर उर्जाशील युवामाथि ठालुबन्ने जत्थामुक्त पार्टि बनेको छ । परिणाम ,स्याल र दासहरुको अनुमान भन्दा धेरै माथि हुनेछ ।🌱🌱🌱🌱🌱🌱🌱🌲🌲🌲🌲🌲🌲🌻🌻🌻🌻🌻🏵️🏵️🏵️🏵️🏵️🏵️🌺🌺🌺🌺🌺🌺🌺
सही विश्लेषण
यी कागजी बाघ सिद्ध भए । यसो भने पनि होला, वास्तविक लडाइँका भगौडा सिपाही भए जसले न लडाइँ लड्छ, न लडाइँ जित्छ । केही समय ख्याउँ ख्याउँ भुक्ने गल्लीका भुस्याहा सिद्ध भए ।
तर खान पल्केकाहरू पहिला पहिला बुरूक्क बुरूक्क गरेर एकातिर तर मारे पछि अर्कातिर तर मार्न पुगे ।
उत्तम बिचार यश लेखमा मेराे पनि १००% समर्थन छ ।
Satyamev Jayate !
Madhav Nepal will be remembered by Nepalese people for ever as a wonderful person to save constitutional Norm of Nepal.
अवसरको राजनीति गर्नेहरुको चरित्र यस्तै हुन्छ