विराटनगर । मोरङको अलग–अलग स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।

पथरीशनिश्चरे नगरपालिकाबाट दुई र कानेपोखरी गाउँपालिकाबाट दुईजना पक्राउ परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार शुक्रबार बिहान पथरीशनिश्चरे–१ स्थित सिनेमा हलनजिकबाट ३५ वर्षीय नारायण परियार र ३२ वर्षीय कृष्ण दर्नाल पक्राउ परेका हुन्। पक्राउ परेकाको साथबाट प्रहरीले १३ ग्राम आठ सय मिलिग्राम ब्राउन सुगर र तौल लिने डिजिटल मेसिन बरामद गरेको छ ।

बिक्री गर्दा तौल लिने मेसिनसमेत साथबाटै फेला परेका कारण पक्राउ परेकाहरु लागुऔषध ब्राउन सुगरका कारोबारी भएको खुलेको प्रहरीले जनाएको छ। त्यस्तै प्रहरीले बिहीबार राति १०ः३० बजेतिर कानेपोखरी–२ का ३१ वर्षीय हर्क विष्ट र २७ वर्षीय योगेन्द्र निरौलालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ।

पक्राउ परेकाको साथबाट दुई ग्राम चार सय मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।