विराटनगर । मोरङ ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले निर्वाचन क्षेत्रमा चुनावी अभियान आक्रामक बनाएका छन् ।
विराटनगरका १, २, ३, ८, १०, कटहरिका १, २ र ३ मा घरदैलो, टोल भेला तथा मतदाता भेटघाटलाई तीव्र पारेका हुन ।
एमाले उम्मेदवार घिमिरे मतदाताका घर–घरमा पुग्दा छुट्टै उत्साह दिने गरेका छन् । प्रदेशका मन्त्री भएका बेला घिमिरेले गरेको कामबाट मतदाता प्रभावित भएका बताउने गरेका छन् । मतदाताको घरदैलोमा घिमिरे पुग्दा‘ तपाई बाट ठुलो आशा गरेका छौँ’ भन्ने गरेका छन् । एउटा जनप्रतिनिधिले कतिसम्म काम गर्ने सक्दो रहेछ भनेर तपाई बाट थाहा भयो विराटनगर ८ कामनोज महतोले बताए ।
विराटनगर ३ मा घिमिरे मतदाताको घर–घरमा पुग्दा छुट्टै उत्साह दिएका थिए । घिमिरेप्रति ज्येष्ठ नागरिकले बढी भरोसा गरेको बताएका छन् । मन्त्री भएका समयमा ज्येष्ठ नागरिकको भवन निर्माण, दिवा केन्द्र सञ्चालनमा सहयोग लगायतका कारण ज्येष्ठ नागरिकहरू खुसी भएका छन् । घिमिरेले चुनाव जिते मात्रै ज्येष्ठ नागरिकको पक्षमा काम हुने उनीहरूको भनाई छ ।
एमाले उम्मेदवार घिमिरेले ५ वर्षमा निर्वाचन क्षेत्रको समग्र विकासका लागि उल्लेखनीय काम गरेका छन् । सडक निर्माण, कालोपत्रे, स्तरोन्नति, सामुदायिक भवन निर्माण, ज्येष्ठ नागरिकको भवन निर्माण, प्रविधिमैत्री विद्यालय निर्माण, सामाजिक विकासका लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेका छन् ।
५ वर्षको अवधिमा एमाले प्रदेशसभाकाउम्मेदवार घिमिरेले गरेका काम नै अहिले चुनावमा भोट माग्ने आधार बनेको छ ।