जीवन घिमिरे
उत्तरी छिमेकी मुलुक चीनको बुहानमा कोरोना प्रकोप जब देखा¥यो, त्यसको तरंग विश्वभर फैलियो । चीनमा प्रकोप सुरु भएपछि विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम क्षेत्र भनेर किटान ग¥यो र सावधानी अपनाउन सजग गरायो । विश्व स्वास्थ्य संगठनले सचेत गराउनासाथ हामीले त्यसलाई गम्भीरतापूर्वक लियौं ।
त्यसबेला कोरोनाबारे हल्ला र भ्रमहरु धेरै थिए । त्यसैले त्रास पनि उच्च थियो । त्यहीबेला हामीले प्रदेशमा जनजागरण अभियान सुरु ग¥यौं । कोरोना के हो, यसबाट कसरी सावधान हुन सकिन्छ भन्नेबारे विभिन्न माध्यमबाट प्रदेशबासीलाई सूचित गर्ने काम पहिलो चरणमा ग¥यौं ।
हामी त्यसबेला प्रदेशमा प्रचार–प्रसारमा मात्रै केन्द्रीत भएनौं, चीनबाट अन्यत्र संक्रमण फैलँदै थियो । ती क्षेत्र वा देशहरुमा के कस्ता उपाय अवलम्बन गरिएको छ भन्ने पनि ध्यानपूर्वक हेरिरहेका थियौं । यसरी विश्वका विभिन्न ठाउँमा अपनाइएका अनुभवहरु अनुकरण पनि गर्दै अघि बढ्यौं । त्यसक्रममा हामीले प्राथमिकताका साथ सीमा क्षेत्रको निगरानी ग¥यौं । विमानस्थलसहित प्रदेशका मुख्य नाकाहरुमा ‘हेल्थ डेस्क’ राख्यौं, तिनै डेस्कमार्फत तापक्रम परीक्षण सुरु ग¥्यौं । यसलाई प्रदेशव्यापी अभियानका रुपमा चलायौं ।
प्रारम्भमा स्वास्थ्य सुरक्षा सामग्री (पीपीइ)को अभाव थियो । सबैतिर पीपीइकै मात्रै माग थियो । अवस्था यस्तो थियो कि पैसा भएर पनि पीपीइ किन्न पाइने स्थिति थिएन । सरकारी खरिद प्रक्रिया पनि झन्झटिलो भयो । त्यसैले खरिद प्रक्रिया अघि बढाउँदै गर्ने र दाताहरु गुहारेर त्यसको अभाव टार्ने नीति लियौं । सुरक्षा सामग्री आवश्यकताका आधारमा कहाँ कति चाहिने हो, पहिचान गरेर पठायौं ।
अर्को कालखण्ड परीक्षणको आयो । त्यसबेला परीक्षण नै पो उपचार हो कि जस्तो स्थिति थियो । परीक्षणको दबाब उच्च थियो । त्यसबेलासम्म हाम्रो प्रदेशमा कोरोनाको लक्षण पुष्टि गर्ने माध्यम थिएन । कोरोनाको परीक्षण काठमाडौको टेकुमा मात्रै हुन्थ्यो । त्यसलाई प्रदेश तहमा कसरी व्यवस्थापन गर्ने भन्नेमा हामीले ध्यान दियौं र तयारी थाल्यौं । हामी तीव्र गतिमा परीक्षण ल्याब निर्माणमा लाग्यौं । सबैभन्दा पहिले वीपी प्रतिष्ठान धरानमा परीक्षण ल्याब स्थापना ग¥यौं । म आफै पनि गएर ल्याबका लागि आवश्यक पर्ने सामग्री ल्याएर प्रदेशको दोस्रो ल्याब कोशी अस्पतालमा र तेस्रो विराटनगरकै पशु प्रयोगशालालाई रुपान्तरण गरेर स्थापना गरियो । ल्याब स्थापना भएपछि परीक्षणलाई हामीले उच्च प्राथमिकता दियौं । परीक्षण तीव्र भएपछि संक्रमितहरु पनि भकाभक थपिने अवस्था भयो । त्यसैले हामीले क्वारेन्टिन निर्माणलाई प्राथमिकता दियौं । खासगरी विदेशबाट आउनेलाई क्वारेन्टिनमा राख्ने प्रबन्ध ग¥यौं । यो कार्यमा प्रदेशमा नेपाली सेनाको सहयोग उत्कृष्ट थियो । क्वारेन्टिनहरु सबैतिर बन्ने क्रममा थिए । केही स्थानीय तहहरुमा गुणस्तर र मापदण्ड नपुगेका क्वारेन्टिन चलाउन नदिने निर्णय लियौं । मापदण्ड अनुसारका मात्रै सञ्चालन गर्न दियौं ।
अर्को चरण आयो, उपचारको । हामीले विराटनगर र प्रदेशका अस्पतालहरुलाई आइसोलेसनका लागि सिट संख्या तोकेरै पठायौं । तर, अन्यत्रको अनुभव हेर्दा देखियो, एउटै अस्पतालमा कोरोना संक्रमित र अन्य विरामीको उपचार गर्दा संक्रमण झनै फैलने देखियो । त्यसैले एकै ठाउँमा उपचार केन्द्रीत गर्ने निर्णय लियौं । अलग्गै अस्पतालको अवधारणा अघि सारेर लिएको त्यो निर्णय सही सावित भयो । किनभने, मुलुकका धेरै स्वास्थ्यकर्मी उपचारका क्रममा संक्रमित भइरहँदा विराटनगरको कोशी कोभिडमा खटिएका स्वास्थ्यकर्मी संक्रमित भएनन् । अलग्गै अस्पतालको उपलब्धि थियो, यो ।
विराटनगरको नेशनल ट्रेडिङको जीर्ण भवनलाई हप्ता दिनभन्दा बढी समय २४ घन्टा काम गरेर तयार पा¥यौं । अस्पताल तयार पारेपछि हामीले उपचारमा केन्द्रीत हुने बाटो अख्तियार ग¥यौं । प्रदेश १ मा सबैभन्दा पहिलो संक्रमण उदयपुरको भुल्केमा देखियो । हामीले तत्कालै ‘थ्री टी’ को नीति अनुसार काम ग¥यौं । थ्री टी अर्थात ट्रेसिङ, टेष्टिङ र ट्रिटमेन्ट । यही विधिले भुल्केमा रहेका संक्रमितहरुसम्म पुग्न सकिएको थियो । भारतबाट आएका जमाती समूहका मान्छे मोरङ–सुनसरी हुँदै पश्चिमतिर लागेको जानकारी पाएपछि उनीहरुलाई उदयपुर भुल्केको एउटा मदरसामा फेला पा¥यौं ।
परीक्षणका क्रममा सबैमा संक्रमण देखाप¥यो । हामीले तत्कालै गाउँलाई घेराबन्दी ग¥यौं । अन्यत्र संक्रमण नफैलियोस् भन्नका लागि गाउँलाई घेराबन्दी गर्यौं । संक्रमितलाई अस्पतालमा ल्यायौं । भुल्के एउटा सिकाइ भयो, जसलाई मैले ‘भुल्के मोडल’ पनि भनेँ । पछि भोजपुर, दमक सबैतिर भुल्के मोडल नै लागु ग¥यौं ।
संक्रमण ह्वात्तै बढ्दै गयो । संक्रमण बढेपछि अस्पतालको क्षमता बढायौं । आज २ सय बेडको सुविधा सम्पन्न अस्पतालमा कोशी कोभिड अस्पताल रुपान्तरण भएको छ । त्यसक्रममा धरानमा पनि हामीले कोभिड अस्पताल स्तरोन्नति ग¥यौं, गाईघाटमा पनि त्यसै ग¥यौं । हामीले परिस्थिति जस्तो आउँछ त्यस्तै नीति र निर्णय लियौं । प्रचारप्रसार, परीक्षण, क्वारेन्टिन, आइसोलेसन र उपचारको प्रबन्धमा लाग्यौं । जतिबेला जुन समस्या आउँछ, क्रमशः हल गर्दै गयौं । विज्ञहरुको ठूलो टिम बनाएका थियौं । आइसोलेसन हेर्ने अलग्गै टिम बनाएका थियौं । टेस्टका लागि विज्ञकै टिम बनाएका थियौं । यसरी १० वटा टिम बनाएर काम गरेका थियौं । सबैको साथ सहयोग प्राप्त भएको थियो । त्यसबेला अहोरात्र खटिएका स्वास्थ्यकर्मीलगायत सबैको योगदान उच्च थियो ।
मैले पदबाट राजीनामा दिनु अघिल्लो दिन मात्रै कोरोना अस्पताल उद्घाटन भएको थियो । त्यो दिन त्यहाँ तीन जना मात्रै विरामी थिए । कोरोना नियन्त्रण हुनै लागेको थियो । तर, अहिले फेरि हाम्रा लागि चुनौती थपिएको छ । अहिले अस्पतालमा के भइरहेको छ भन्ने जानकारी लिन म अस्पताल गएको थिएँ । त्यहाँ बुझ्दा अहिले समन्वयमा कमी भइरहेको पाएँ । सिनियर चिकित्सकहरु अनुपस्थित रहेको पाएँ । अब हामीले कोरोनाको दोस्रो लहरबाट बच्न नयाँ ढंगबाट सोच्नुपर्ने बेला आएको छ ।
कोरोना कालमा सामाजिक विकासमन्त्रीका रुपमा काम गर्दा सम्बद्ध ठाउँबाट भनेजस्तो सहयोग नपाउने समस्या धेरै भोग्नुपरेको थियो । जिल्ला अस्पतालहरु पुस ५ गते उद्घाटन भए । जबकि जेठ ४ गते भएको निर्णय कार्यान्वयन गर्न ७ महिना कुर्नप¥यो । त्यसका लागि धेरैतिर धाउनुप¥यो । आफैंले गरेका निर्णयहरु कार्यान्वयन गराउन पनि धेरै कठिनाइ भयो । प्रकोप बढेका बेला आकस्मिक निर्णय लिनु पर्दा पनि धेरै असहजता आइपरेको थियो । त्यसमा जुन पक्षबाट सहजीकरण हुनुपथ्र्यो, भएन ।
विराटनगरमा निर्माण हुने कोभिड अस्पताललाई ‘कोशी कोभिड’ नाम नराखौं भन्ने मन्त्रीहरु पनि थिए । तर, कोशीबाहेकको अस्पताल कहाँ थियो, जहाँबाट हामीले जनशक्ति आपूर्ति गर्न सकियोस् ? मैले त्यही भएर कोशी कोभिड अस्पताल बनाउने निर्णय लिएको थिएँ । अहिले मलाई लाग्छ, कोशी अस्पताल र त्यहाँका जनशक्तिको साथ र सहयोग नभएको भए अवस्था अहिलेको जस्तो हुने थिएन । त्यसैले त्यो निर्णय सही सावित भएको जस्तो लागेको छ ।
(प्रदेश १ का पूर्व सामाजिक विकासमन्त्री घिमिरेसँगको कुराकानीमा आधारित )